सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २६ २०७९
images
खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

कृषियोग्य जमिन लगातार दुई वर्षसम्म बाँझो राखेमा गाउँपालिकाले आर्थिक ऐनमा तोकिएबमोजिमको जरिवाना लगाउनसक्ने जनाइएको छ। 

images
images

नवलपरासीपूर्व- नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ। हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। 

images
images
images

संशोधित ऐनमा गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन बाँझो रहेका खण्डमा कुनै फार्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनुपर्ने उल्लेख गरिएको छ। गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन लगातार दुई वर्षसम्म बाँझो राखेमा गाउँपालिकाले आर्थिक ऐनमा तोकिएबमोजिमको जरिवाना लगाउनसक्ने जनाइएको छ। 

images
images

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन यस्तो नीति अख्तियारी गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋिण, अनुदानसहित कार्यक्रम सञ्चालन गरिएकाले कुनै खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष पाण्डेले बताइन्। 

images
images

कृषि तथा पशु उत्पादनका क्षेत्रमा गाउँपालिकाले विशेष बजेट व्यवस्था गरेको बताउँदै दूध उत्पादन र पशुपालनमा पनि अनुदानको व्यवस्था गरिएको उनले बताइन्। हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनले हुप्सेकोट गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को प्रथम संशोधन प्रस्तावसहित तीनवटा ऐनलाई पारित गरेको छ। रासस


प्रकाशित : आइतबार, भदौ २६ २०७९०८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend