बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

दसैँ नजिकिएसँगै बैकिङ प्रणालीमा निक्षेप बढ्दै, एकैदिन ५ अर्ब निक्षेप थपियो

images
आइतबार, भदौ २६ २०७९
images
images
दसैँ नजिकिएसँगै बैकिङ प्रणालीमा निक्षेप बढ्दै, एकैदिन ५ अर्ब निक्षेप थपियो
images
images

काठमाडौं- चाडवाड नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न थालेको छ। राष्ट्र बैंकका अनुसार एकैदिन बैकिङ प्रणालीमा ५ अर्ब निक्षेप थपिएको छ। ऋण प्रवाह २ अर्ब मात्रै भएको छ।

images
images

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ५० खर्ब ४० अर्ब पुगेको छ। ऋण प्रवाह ४७ खर्ब १४ अर्ब पुगेको छ। वाणिज्य बैंकहरुमा ४४ खर्ब ४१ अर्ब निक्षेप पुगेको छ भने ऋण प्रवाह ४१ खर्ब ८० अर्ब पुगेको छ। 

images
images

बैंकहरूमा गत साताभन्दा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको थियो। सीडी रेसियो पनि ८८.२१ प्रतिशतमा झरेको छ। 

images
images
images

दसैँ, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा बैंकहरूको निक्षेपमा समेत सुधार आएको हो। 


प्रकाशित : आइतबार, भदौ २६ २०७९०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend