सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

म्यादी प्रहरीमा १ लाख १५ हजारका लागि अवसर, पारिश्रमिक ३४ हजार ७ सय

खाद्यान्नका लागि ७ हजार र पोशाक भत्ता ६ हजार पाउने

images
आइतबार, भदौ २६ २०७९
images
म्यादी प्रहरीमा १ लाख १५ हजारका लागि अवसर, पारिश्रमिक ३४ हजार ७ सय

प्रहरीले आएको आवेदनबाट असोज ९ देखि १४ गतेसम्म छनौट प्रक्रिया पूरा गरेर असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्नेछ। 

images
images

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरीले आइतबार सूचना प्रकाशित गरेर उक्त संख्यामा म्यादी प्रहरी नियुक्त गर्ने प्रक्रिया सुरु गरेको हो। 

images
images
images

इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सक्ने छन्। आवेदन दिन चाहनेले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरका साथै देशैभरका सबै जिल्ला प्रहरी कार्यालयमा आफ्नो आवेदन पेश गर्न सक्ने छन्।

images
images

प्रहरीले आएको आवेदनबाट असोज ९ देखि १४ गतेसम्म छनौट प्रक्रिया पूरा गरेर असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्नेछ। 

images
images

म्यादी प्रहरीले ४० दिनसम्म दैनिक ८ सय ६९ रुपैयाँका दरले पारिश्रमिक पाउने छन्। त्यस्तै खाद्यान्नबापत ४० दिनका लागि प्रतिव्यक्ति ७ हजार २ सय रुपैयाँ, पोशाक बापत प्रतिव्यक्ति ६ हजार रुपैयाँ म्यादी प्रहरीले पाउने छन्। 

त्यस्तै म्यादी प्रहरीले आउने जाने खर्च बापत १ हजार रुपैयाँ समेत पाउने छन्। साथै ४ दिनका लागि दैनिक ३ सय रुपैयाँका दरले खाजा खर्च पनि पाउने नेपाल प्रहरीले जनाएको छ।  


प्रकाशित : आइतबार, भदौ २६ २०७९०३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend