सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

बंगलादेशमा यही वर्ष विद्युत निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

images
शनिबार, भदौ २५ २०७९
images
बंगलादेशमा यही वर्ष विद्युत निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ।

images
images

चितवन- ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशलाई विद्युत निर्यातका लागि तयारी गरिरहेको बताएकी छिन्।

images
images
images

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशलाई विद्युत निर्यात गरिने बताएकी हुन्। हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ।

images
images

'हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत निर्यात गरेका छौँ। अब बंगलादेश पनि निर्यात हुँदैछ,' मन्त्री भुसालले भनिन्, 'जलविद्युत उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ।'

images
images

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन्। रासस


प्रकाशित : शनिबार, भदौ २५ २०७९०९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend