सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

पूर्ण समाधानसहितको योजना लिएर आउनुस्, लगानी गर्न तयार छौँ : पूर्वाधार सचिव

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २४ २०७९
images
पूर्ण समाधानसहितको योजना लिएर आउनुस्, लगानी गर्न तयार छौँ : पूर्वाधार सचिव

स्टार्टअपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उनले बताए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका छन्।

images
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मलेन, २०२२ को दोस्रो दिन शुक्रबारको ‘इन्फ्राइस्टक्चर मार्केटप्लेस’ सत्रमा नयाँ आइडिया प्रस्तुती पछि सचिव सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका हुन्। ‘तपाईंहरूले त्यस्तो आइडिया लिएर हामी कहाँ पनि आउनस् हामी लगानी गर्न तयार छौँ,’ उनले भने। 

images
images

स्टार्टअपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उनले बताए। नयाँ युवाहरूलाई आफ्नो आइडिया राख्न लगाएर राम्रो आइडियालाई अवार्ड गर्ने कार्यक्रम राम्रो रहेको उनले बताए। यस्तो कार्यक्रमले बजारमा नयाँ आइडिया सृजना गर्न मद्दत पुर्याउने उनले बताए। 

images
images

उक्त सत्रमा ५० वटा आवेदनबाट छनोट भएका १० मध्येबाट पनि उत्कृष्ट पाँच श्रेणीमा परेका पाँच जनाले आफ्नो आइडिया राखेका थिए।

पाँच वटा मध्ये एउटा घर बनाउने, दुई वटा ट्राफिक व्यवस्थापन र दुई वटा हार्बेस्टसम्बन्धी आइडिया सेयर गरिएको थियो।

सुमन राज भारतीले घर बनाउ डट कम आइडिया सेयर गरे। घर बनाउन अब झन्झट छैन। सामान किन्दा ठगिएला कि भन्ने डर पनि छैन। घर बनाउन आवश्यक प्रक्रियादेखि सबै सामान अनलाईन बजारमा पाइन्छ। उनको आइडियामा जजहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए। उनले २०२१ देखि काम गर्दै आएकोमा अहिलेसम्म ग्राहकबाट कुनै गुनासो नआएकाले आफ्नो सामान राम्रो भएको दावी गरे। 

जोसेप श्रेष्ठले हाइवे एण्ड एडप्टिक ट्राफिक म्यानेजमेन्ट कन्ट्रोल सिस्टम आइडिया सेयर गरे। उनको आइडियाअनुसार डिभाइस मार्फत गाडिको अनुगमन गर्न सकिने थियो। जजहरूले सर्भिस पछिको सेवा र त्यसको कसरी उपयोग गर्ने भन्नेबारे प्रश्न उठाएका थिए। 

अर्का आइडिया मास्टर सौरभ सिंह चौधरीले राइस ट्रान्सप्याटर्न आइडिया सेयर गरे। त्यस्तै, कपिल अधिकारीले ट्राफिक ट्रयाकिङसम्बन्धी आइडिया सेयर गरे  भने तथ्यांक संकलन गरेर कहाँबाट कस्ता गाडि गइरहेका छन् भनेर ट्राफिक व्यवस्थापन गर्न सकिने बताए। 

पदम थापाले पनि ट्राफिक व्यवस्थापन सम्बन्धी आइडिया गरे। उनको गाडीको चाप भएको क्षेत्रमा अटोमेटिक रूपमा ट्राफिक लाइट परिवर्तन गराउने आइडिया थियो। 

आइडिया मास्टर किरण गुरूङले धान रोप्ने मकै, कोदो काट्ने मेसिनको आइडिया प्रस्तुत गरे। 

आइडिया मास्टरहरूको मूल्यांकनका लागि यातायात सचिव गोपाल प्रसाद सिग्देल सहित नेपाल ईन्जीनियर एसोसिएसनका अध्यक्ष इञ्जिनियर हरि बहादुर दर्लामी, पूर्वाधार विज्ञ इञ्जियर कमल राज पाण्डे, आर्किटेक्चर राजेश थापा, आर्किटेक्चर तुक लाल अधिकारी, नेपाल उद्योग परिसंघ युवा उद्घमी मञ्च अध्यक्ष प्राची अग्रवाल, नेपाल ईन्जीनियर एसोसिएसनका पुर्व अध्यक्ष डा हरेराम श्रेष्ठ र आइडिया स्टुडियोका अध्यक्ष डा तेर्सिङ लामा थिए। 


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९१४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend