शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमएडब्लूले नेपालमा बिक्री गर्‍यो १० हजार जेसीबी मेसिन

शुक्रबार, भदौ २४ २०७९
एमएडब्लूले नेपालमा बिक्री गर्‍यो १० हजार जेसीबी मेसिन

नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लू जेसीबीले गुणस्तरीय र वल्र्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 

काठमाडौं- नेपालका लागि जेसीबी मेसिनको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेको छ। योसँगै जेसीबीले नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ। 

शुक्रबार जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले एमएडब्लू अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १०,०००औं मेसिनको चाबी हस्तान्तरण गरेका हुन्।  

१०,०००औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए। उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको उल्लेख गरे।  

त्यसैगरी, कालिका कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए।  

नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लू जेसीबीले गुणस्तरीय र वल्र्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 

एमएडब्लू अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्वील लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडरजस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको बिक्री गर्दै आएको छ। नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ। 


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend