शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

निफ्रा र एचआईडीसीएल मर्जरमा अर्थमन्त्रीको चासो, सूचकमा मर्जपछि कस्तो होला?

images
शुक्रबार, भदौ २४ २०७९
images
निफ्रा र एचआईडीसीएल मर्जरमा अर्थमन्त्रीको चासो, सूचकमा  मर्जपछि कस्तो होला?
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडीसीएल)बीचको मर्जर बारे चासो देखाएका छन्।

images
images
images

नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले निफ्रा र एचआईडीसीएलले मर्ज जाने प्रक्रिया सुरु नगरेको विषयमा आक्रोश पोखेका हुन्। मन्त्री शर्माले सीईओ ‌एउटै हुने हुँजा मर्जमा नमानेको हो की हो आफूले बुझ्न नसकेको बताएका हुन्।

images
images

केही समय अगाडि दुई उस्तै प्रकृतिका संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो। बैंकले पूर्वाधारमा लगानी गर्न स्थापित नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता विकास गराउन मर्ज वा प्राप्तिको नीति लिने गरेको थियो। राष्ट्र बैंकले सोही नीतिअनुसार चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहन गर्ने नीति लिने नीतिमा उल्लेख गरिएको थियो।

images
images

मौद्रिक नीतिअनुसार अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बीच मर्जर गराउनेगरी अनौपचारिक छलफलहरु समते सुरु गरेका थिए। तर मर्ज प्रक्रियामा कु्नै सहमति हुन सकेको थिएन।

यसैबीच अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममै आक्रोश पोखेका हुन्। मर्जरमा लैजान सकेमा नेपालमै ठूला पूर्वाधारमा लगानी गर्न सक्ने क्षमता भएको विकास विकास बैंक हुने अनुमान विज्ञहरुले गरेका छन्। लाइसेन्स फरकतर्फको भएपनि उद्देश्य पूर्वाधारमा लगानी रहेकोले पनि यी दुई कम्पनीहरु मर्जरमा जान सक्ने अनुमान गरिएको छ। एचआईडीसीएल ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो भने निफ्रा सबै पूर्वाधारमा लगानी गर्न स्थापित कम्पनी हो

दुवै कम्पनीलाई पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियमन गर्न थालेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निफ्रालाई इन्भेष्टमेन्ट वर्गमा राखिएको छ। निफ्रा २१ अर्ब ६० करोड पुँजी भएको बैंक हो। अहिले धेरै वाणिज्य बैंकहरुको पुँजी २० अर्बभन्दा बढी पुगेको छ।

एचआईडीसीएलको पुँजी २३ अर्ब ४९ करोड रुपैयाँ छ। निफ्राभन्दा एचआईडीसीएल पुरानो कम्पनी हो। निफ्रामा सरकारी निकायसँग व्यवसायिक घरानाहरु पनि सञ्चालक छन् भने एचईइडीसीएलमा सरकारमात्र सञ्चालक रहेका छन्।

दुवै कम्पनीले सर्वसाधारणलाई सेयर बेचेका छन्। दोस्रो बजारमा कम्पनीको सेयर मूल्य पनि उहि हाराहारी रहेको छ। लाभांश इतिहास भने निफ्राको भन्दा एचआईडीसीएलको राम्रो रहेको छ। एचआईडीसीएलको दोस्रो बजारमा सेयर मूल्य १८९ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ४६३ रुपैयाँसम्ममा कारोबार भएको थियो भने १७३ रुपैयाँमा न्युनतम कारोबार भएको थियो। कम्पनीको बजार पुँजीकरण ४४ अर्ब ४० लाख रुपैयाँ पुगेको छ।

निफ्राको दोस्रो बजारमा २१७ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा ४३५ रुपैयाँसम्म कारोबार भएको भएको थियो।  कम्पनीको न्युनतम २१५ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ४६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। दुई कम्पनी मर्ज हुँदा ४५ अर्ब भन्दा बढी चुक्ता पुँजी हुनेछ।


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend