शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुजुकी विद्युतीय कार उत्पादनमा आक्रामक, २०२५ मा पहिलो कार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
सुजुकी विद्युतीय कार उत्पादनमा आक्रामक, २०२५ मा पहिलो कार

सुजुकीले २०२६ सम्ममा करिब ९ अर्ब अमेरिकी डलर विद्युतीय सवारी परियोजनामा लागनी गर्ने बताएको छ। विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुने बताएको सुजुकीले भारतीय बजारमा छिट्टै हाइब्रिड कार ल्याउने भएको छ। 

काठमाडौं- भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकीले पनि विद्युतीय कार बनाउने भएको छ। भारतीय कार बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको मारुती सुजुकी आईसी (इन्टरनल कम्पस्चन) इन्जिनबाट इलेक्ट्रिक व्याट्रीमा जाने निर्णयमा पुगेको हो।  

अधिकांश कार उत्पादकहरु विद्युतीकृत हुने चरणमा रहेकाले मारुतीले पनि यस्तो निर्णय गरेको हो। भारतमा कार उत्पादन गर्ने आएका धेरै कम्पनीहरु विभिन्न मोडलका विद्युतीय कार सार्वजनिक गर्ने तयारीमा छन्। 

मारुती सुजुकीले विद्युतीय वेगनआरको परीक्षण गरिरहेको छ। यो कारलाई कम्पनीले २०२५ सम्ममा भारतीय बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ। 

जापानी कार उत्पादन कम्पनी सुजुकीको भगिनी कम्पनी मारुती सुजुकीबाटै पहिलो विद्यूतीय कार सार्वजनिक गर्ने तयारीमा सुजुकी रहेको निक्की एसियाले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। सुजुकीको सबैन्दा ठूलो बजार नै भारत हो।

सुजुकीको विद्युतीय कार परियोजना भारतबाटै सुरु गर्ने र पहिलो कार २०२५ बाट बिक्रीमा आउने योजना रहेको गाडीवाडीले लेखेको छ। 

सुजुकीले २०२६ सम्ममा करिब ९ अर्ब अमेरिकी डलर विद्युतीय सवारी परियोजनामा लागनी गर्ने बताएको छ। विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुने बताएको सुजुकीले भारतीय बजारमा छिट्टै हाइब्रिड कार ल्याउने भएको छ। 

भारतमा ब्याट्री उत्पादनका लागि मारुती सुजुकीले डेनसो र तोसिबासँग समन्वय गरिरहेको छ। 

विद्युतीय सवारी बजारमा केही ढिलो गरि प्रवेश गरेको सुजुकीले विश्वभर सस्ता र व्यवहारिक विद्युतीय कार ल्याउने दाबी गरेको छ। भारतमा मारुती सुजुकीले ल्याउने विद्युतीय कार सबैभन्दा सस्तो मूल्यको हुने बताइएको छ। भारत सरकारले दिने सहुलियत सहित मारुती सु्जुकीले ल्याउने कारको मूल्य करिब ७ लाख भारु हुनेछ। 

हाल भारतीय बजारमा मारुती सुुजुकीले वार्षिक करिब ३० लाख कार बिक्रीगर्दै आएको छ। अन्य ब्रान्डले पनि उपयुक्त मूल्यमा ठूलो संख्यामा विद्युतीय कार बजारमा ल्याएपछि मारुती सुजुकीको प्रतिस्पर्धा अझ कडा हुने अनुमान गरिएको छ। 


प्रकाशित : सोमबार, असोज १८ २०७८११:००
  • सम्बन्धित विषय:

  • # मारुती सुजुकी
  • # सुजुकी कार
  • # सुजुकी इलेक्ट्रिक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend