शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

४ सय ५६ किलोमिटर रेन्जसहित महिन्द्रा एसयूभी ४०० सार्वजनिक, ५० मिनेटरमा ८० प्रतिशत चार्ज

शुक्रबार, भदौ २४ २०७९
४ सय ५६ किलोमिटर रेन्जसहित महिन्द्रा एसयूभी ४०० सार्वजनिक, ५० मिनेटरमा ८० प्रतिशत चार्ज

विद्युतीय एक्सयूभी ४०० को लम्बाई ४२ सय एमएम, चौडाई १९ सय २१ एमएम र ह्वीलबेस २६ सय एमएम रहेको छ। यो कारले शून्यदेखि १ सय किलोमिटरको गति ८.३ सेकेन्डमा भेट्नेछ।

काठमाडौं- महिन्द्राले पहिलो विद्युतीय एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार ग्लोबल प्रिमियर गरेको हो। 

महिन्द्राले यो विद्युतीय एसयूभी कार २०२३ को जनवरीमा भारतीय बजारमा बिक्रीका लागि उपलब्ध गराउने बताएको छ। यो कार भारतमा बिक्रीका लागि उपलब्ध भएलगत्तै नेपाली बजारमा समेत आउने छ। 

विद्युतीय एक्सयूभी ४०० को लम्बाई ४२ सय एमएम, चौडाई १९ सय २१ एमएम र ह्वीलबेस २६ सय एमएम रहेको छ। यो कारले शून्यदेखि १ सय किलोमिटरको गति ८.३ सेकेन्डमा भेट्नेछ। कारको बुट स्पेस ३ सय ७८ लिटरमा उपलब्ध छ। 

एक्सयूभी ४०० मा ३९.४ किलोवाटको ब्याट्री रहेको र एक पटकको फल चार्जमा कारले ४ सय ५६ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। महिन्द्रा एक्सयूभी ४०० ले प्रत्यक्ष रुपमा टाटाको चर्चित एसयूभी नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। 

एक्सयूभी ४०० डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ५० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ। यो सेगमेन्टका विद्युतीय कारमा प्रयोग भएका मध्ये सबैभन्दा उत्कृष्ट ब्याट्री एक्सयूभी ४०० मा प्रयोग भएको दाबी कम्पनीको छ। 

आधुनिक कारमा हुनुपर्ने सबै सुविधा उपलब्ध यो कार उपभोक्ताले कति रुचाउँछन् भन्ने जवनरीपछि मात्र थाहा हुनेछ। भारतमा बिक्रीका लागि उपलब्ध भएको केही समयमा नेपाली बजारमा समेत यो कार ल्याउने नेपाली आधिकारिक बिक्रेताले जनाएको छ। 


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend