सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

काठमाडौं महानगरले शनिबारदेखि पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउने

images
शुक्रबार, भदौ २४ २०७९
images
काठमाडौं महानगरले शनिबारदेखि पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउने

पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना बन्द गरिने वडा कार्यालयले जनाएको छ। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै अव्यवस्थित संरचना हटाउन थालेको छ।

images
images
images

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरेका छन्। पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरुपमा उत्रिनु परेको उनको भनाइ थियो। महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको सङ्गतले सुनाए। 

images
images

पाशुपत क्षेत्रका पसल व्यवसायीलाई बिहीबार नै अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गरे शनिबारदेखि महानगरले सामान उठाएर लानेसमेत सङ्गतले जानकारी दिए। पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना बन्द गरिने वडा कार्यालयले जनाएको छ। 
  
अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीले चाडबाडका बीचमा रोजीरोटी गुम्ने अवस्था आएको भए पनि महानगर तथा वडाको सूचनालाई आत्मसात् गर्दै संरचना तथा पसल तत्काल हटाउने बताएका छन्।

images
images


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend