शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

विवादित भन्सार दरमा संशोधन, कुनमा कति घट्यो?

images
शुक्रबार, भदौ २४ २०७९
images
विवादित भन्सार दरमा संशोधन, कुनमा कति घट्यो?

करका दर सरकारले संशोधन गरेको छ। करका दरका बारेमा अध्ययन गर्न बनेको समितिले दिएको सुझावका आधारमा केही दिन अगाडि बसको मन्त्रिपरिषद् बैठकले संसोधनल गर्ने निर्णय गरेको थियो। सोही अनुसार अर्थ मन्त्रालयले परिवर्तन भएका करका दर २३  गते राति देखि लागू हुने गरी राजपत्रमा प्रकाशित गरेको हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा भएका मार्फत परिवर्तन भएका कतिपय करका दर विवादित बनेका थिए। कर वृद्धिको विरोधमा उद्योगी व्यवसायी सडकमा उत्रिएर अर्थमन्त्रीविरुद्ध नाराबाजीमा उत्रिएका थिए। 

images
images
images

यसरी विवादित भएका कतिपय करका दर सरकारले संशोधन गरेको छ। करका दरका बारेमा अध्ययन गर्न बनेको समितिले दिएको सुझावका आधारमा केही दिन अगाडि बसको मन्त्रिपरिषद् बैठकले संसोधनल गर्ने निर्णय गरेको थियो। सोहीअनुसार अर्थ मन्त्रालयले परिवर्तन भएका करका दर २३  गते राति देखि लागू हुने गरी  राजपत्रमा प्रकाशित गरेको हो।

images
images

एमएस वायर, पामोलिन तेल (पाम आयल), स्यानिटरी प्याडको कच्चा पदार्थको आयातमा लाग्ने भन्सार, तयारी प्याडमा दिइएको छुट जस्ता विषय विवादित बनेका थिए।  त्यस्तै विद्युतीय गाडीमा भएको हेरफेर पनि सत्तारुढ सांसदले नै विरोध गरेका थिए। तर विद्युतीय गाडीका विषयमा भने कुनै संसोधन भएको छैन। 

images
images

सरकारले बार, रड, हट रोल्ड सर्कुलर क्रस सेक्सन (भन्सार उपशीर्षक ७२१३.९१.१०) को भन्सार महशुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ भने अन्तशुल्क दरबन्दीअन्तर्गत शीर्षक ७२.०७ को मालवस्तु पैठारी गर्दा लाग्ने अन्त:शुल्क ३५ सय रुपेयाँलाई घटाएर २५ सय रुपैयाँ कायम गरिएको जनाएको छ।

नेपालमा जीआई वायर उत्पादन गर्ने कम्पनीहरूले कच्च पदार्थको रुपमा आयात गर्ने एमएस वायरको आयातमा लाग्ने बढेको भन्सार दर घटाएर पूरानै कायम गरिएको छ। यसको भन्सारदर पाँच प्रतिशत नै कायम हुने भएको छ। तर अन्त:शुल्कमा भने कुनै निर्णय भएको छैन। 

स्यानिटरी प्याड नेपालमै बनाउनका लागि आयात गरिने कच्चा पदार्थको भन्सार महसुल घटाउने निर्णय सरकारले गरेको छ। यसअघि कच्चा पदार्थको भन्सार बढाएर तयारी प्याडमा भन्सार छुट व्यवस्था गरिएको थियो। यो निकै विवादित बनेको थियो। 

अर्को विवादित बनेको विषय पामोलिन तेलको कर हो। यसमा उद्योगले तयारी पामोलिन ल्याउँदा लाग्ने भन्सारभन्दा कच्चा पदार्थको रुपमा ल्याउने तेलको भन्सार धेरै थियो। यसलाई घटाएर बराबर बनाइएको छ।

यस्तो छ कर परिमार्जन भएका बस्तुहरु


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend