आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भारतमा भोल्टअपले ५ सय वटा ब्याट्री स्वापिङ स्टेसन बनाउँदै, दैनिक ३० हजार विद्युतीय सवारीले सुविधा पाउने  

सबै प्रकारका विद्युतीय स्कुटरले ब्याट्री स्वाप गर्न मिल्ने

शुक्रबार, भदौ २४ २०७९
भारतमा भोल्टअपले ५ सय वटा ब्याट्री स्वापिङ स्टेसन बनाउँदै, दैनिक ३० हजार विद्युतीय सवारीले सुविधा पाउने  

भोल्टअपले यो परियोजनामा अडानी समूह र हिरो इलेक्ट्रिकसँग साझोदारी गरेको समेत घोषणा गरेको छ। आगामी २ वर्षभित्र मुम्बईका ५ सय स्थानमा ब्याट्री स्वापिङ स्टेसन निर्माण हुनेछ।

काठमाडौं- विद्युतीय सवारी प्रयोगकर्ताहरुका लागि ब्याट्री स्वापिङ प्रविधि निक्कै उपयोगि हुनेछ। त्यसैले संसारमा यो प्रविधि र यसको व्यवहारिक प्रयोगको खोजी तीब्र रुपमा भइरहेको छ। 

यस्तैमा भारतको मुम्बईमा रहेको एक कम्पनीले उक्त सहरमा ब्याट्री स्वापिङ स्टेसन निर्माण गर्ने घोषणा गरेको छ। भोल्टअप नामक कम्पनीले मुम्बईका ५ सय स्थानमा विद्यु्तीय मोबिलिटी स्टेसन निर्माण गर्ने बताएको हो। 

भोल्टअपले यो परियोजनामा अडानी समूह र हिरो इलेक्ट्रिकसँग साझोदारी गरेको समेत घोषणा गरेको छ। आगामी २ वर्षभित्र मुम्बईका ५ सय स्थानमा ब्याट्री स्वापिङ स्टेसन निर्माण हुनेछ। सो संख्यामा ब्याट्री स्वापिङ स्टेसन बनेपछि यसबाट दैनिक ३० हजार सवारी प्रयोगकर्ताले सुविधा पाउने छन्। 

भोल्टअपले सुरुवातमै १ सय ५० स्थान छनोट गरिसकेको र २०२२ को अन्त्यसम्ममा थप ५० स्थानको पहिचान गरि स्वापिङ स्टेस निर्माण थालिने बताएको छ। 

भोल्टअप, अडानी इनर्जि र हिरो इलेक्ट्रिक विद्युतीय सवारीको पूर्वाधार निर्माण, ऊर्जा आपूर्ति र यसलाई विस्तार गर्न एकै ठाउँमा उभिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

भोल्टअपले निर्माण गर्ने स्वापिङ स्टेसनमा सबै प्रकारका विद्युतीय स्कुटरले ब्याट्री स्पाव गर्न सक्ने दाबी गरेको छ। त्यस्तै तीन पांग्रे विद्युतीय सवारीले पनि ब्याट्री स्वाप गर्न सक्ने द टाइम्स अफ इन्डियाले लेखेको छ।  

भोल्टअपले ब्याट्री स्वाप गर्न निक्कै कम समय लाग्ने र ब्याट्री चार्जिङमा कुनै पनि समस्या नहुने जिकिर गरेको छ। स्टेसनमा पुगेको एक मिनेटभन्दा कम समयमा ब्याट्री स्वाप गरि सक्ने दाबी गरिएको छ। यो स्मार्ट चार्जिङ जोनलाई ‘ओपीएस’ इन्जिनबाट मोनिटरिङ गरिनेछ। जसले ब्याट्री पूर्ण रुपमा चार्ज भए नभएको र चार्ज हुँदा ब्याट्रीको तापक्रमबारे जानकारी दिनेछ। 

‘अडानीको विद्युत नेटवर्क र हिरोले उत्पादन गरेका उचित मूल्यका प्रोडक्टलाई भोल्टअपले तयार गरेको बिजनेस मोडललाई एकै ठाउँमा मर्ज गरेर ल्याउँदा यो विद्युतीय सवारीको दुनियामा हरित सोलुसनको नयाँ बेञ्चमार्क बन्ने छ,’ भोल्टअपका सहसंस्थापक तथा सीईओ सिद्धार्थ काब्राले भने। 

भोल्टअपले ल्याएको बिजनेस प्लानमा भएको त्रिपक्षीय सहकार्यले विद्युतीय सवारीको नेटवर्क विस्तारमा नयाँ आयाम थप्ने अडानी इलेक्ट्रिसिटीको भनाइ छ। उक्त ब्याट्री स्वापिङ स्टेसनमा अडानी इलेक्ट्रिसिटीले शतप्रतिशत दीगो ऊर्जा उपलब्ध गराउने कम्पनीका प्रवक्ताले बताएका छन्। 


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend