सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

विवादित भन्सार दरमा संसोधन, ईभीमा भएन हेरफेर

images
बुधबार, भदौ २२ २०७९
images
विवादित भन्सार दरमा संसोधन, ईभीमा भएन हेरफेर

तर विद्युतीय गाडीका विषयमा भने कुनै संएमएस वायर, पमोलिन तेल, स्यानिटरी प्याडको कच्चा पदार्थको आयातमा लाग्ने भन्सार, तयारी प्याडमा दिइएको छुट जस्ता विषय विवादित बनेका थिए, विद्युतीय सवारीसाधनमा भने कुनैै संशोधन नभएको एक मन्त्रीले जानकारी दिए

images
images

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमा भएका कतिपय करका दर विवादित बनेका थिए। कर वृद्धिको विरोधमा उद्योगी व्यवसायी सडकमा उत्रिएर अर्थमन्त्रीविरुद्ध नाराबाजीमा उत्रिएका थिए। 

images
images
images

यसरी विवादित भएका कतिपय करका दर सरकारले संशोधन गरेको छ। करका दरका बारेमा अध्ययन गर्न बनेको समितिले दिएको सुझावका आधारमा मंगलबारको मन्त्रिपरिषद् बैठकले संसोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

images
images

एमएस वायर, पामोलिन तेल (पाम आयल), स्यानिटरी प्याडको कच्चा पदार्थको आयातमा लाग्ने भन्सार, तयारी प्याडमा दिइएको छुट जस्ता विषय विवादित बनेका थिए। ती वस्तुको आयातमा भन्सार छुट दिइएको ती मन्त्रीले जानकारी दिए। त्यस्तै विद्युतीय गाडीमा भएको हेरफेर पनि सत्तारुढ सांसदले नै विरोध गरेका थिए। 

images
images

तर विद्युतीय गाडीका विषयमा भने कुनै संसोधन नभएको ती मन्त्रीले जानकारी दिए। 

नेपालमा जीआई वायर उत्पादन गर्ने कम्पनीहरूले कच्च पदार्थको रुपमा आयात गर्ने एमएस वायरको आयातमा लाग्ने बढेको भन्सार दर घटाएर पूरानै कायम गरिएको छ। यसको भन्सारदर पाँच प्रतिशत नै कायम हुने भएको छ। तर अन्त:शुल्कमा भने कुनै निर्णय भएको छैन। 

स्यानिटरी प्याड नेपालमै बनाउनका लागि आयात गरिने कच्चा पदार्थको भन्सार महसुल घटाउने निर्णय सरकारले गरेको छ। यसअघि कच्चा पदार्थको भन्सार बढाएर तयारी प्याडमा भन्सार छुट व्यवस्था गरिएको थियो। यो निकै विवादित बनेको थियो। 

अर्को विवादित बनेको विषय पामोलिन तेलको कर हो। यसमा उद्योगले तयारी पामोलिन ल्याउँदा लाग्ने भन्सारभन्दा कच्चा पदार्थको रुपमा ल्याउने तेलको भन्सार धेरै थियो। यसलाई घटाएर बराबर बनाइएको छ।


प्रकाशित : बुधबार, भदौ २२ २०७९१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend