शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

होन्डाले भारतमा बेच्यो ५ करोड मोटरसाइकल तथा स्कुटर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
images
होन्डाले भारतमा बेच्यो ५ करोड मोटरसाइकल तथा स्कुटर

होन्डाले भारतमा आफ्नो उपस्थिति भएको १६ वर्षमा २ करोड ५० लाख वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको थियो। त्यसपछि २ करोड ५० लाख वटा मोटरसाइकल तथा स्कुटर बिक्रीको सफलता हात पार्न होन्डालाई जम्मा ५ वर्षमात्र लागेको गाडीवाडीले लेखेको छ। 

images
images

काठमाडौं- जापानी दुईपांग्रे सवारी उत्पादक कम्पनी होन्डाको भगिनी कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुृटर इन्डिया (एचएमएसआई)ले भारतमा आफ्नो कार बिक्री ५ करोड पार गरेको घोषणा गरेको छ। होन्डा भारतमा २००१ मा एक्टिभा स्कुटर सहित पुनः आएको थियो। 

images
images
images

होन्डाको एक्टिभा स्कुटर भारतीय बजारमा आजपर्यन्त सर्वाधिक बिक्री हुने दुईपांग्रेमा पर्दछ। पछिल्ला वर्षमा भारतमा होन्डाको बिक्री वृद्धि उत्पाहजनक देखिएको छ। 

images
images

होन्डाले भारतमा आफ्नो उपस्थिति भएको १६ वर्षमा २ करोड ५० लाख वटा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको थियो। त्यसपछि २ करोड ५० लाख वटा मोटरसाइकल तथा स्कुटर बिक्रीको सफलता हात पार्न होन्डालाई जम्मा ५ वर्षमात्र लागेको गाडीवाडीले लेखेको छ। 

images
images

होन्डाको एक्टिभा स्कुटर भारतमा सर्वाधिक रुचाइएको स्कुटर हो। एक्टिभा मात्र  भारतीय बजारमा २ करोड ५० लाख वटा बिक्री भएको थियो। कम्पनीले एक्टिभा उक्त संख्यामा बिक्री भएको केही महिना अघि सार्वजनिक गरेको थियो। 

हाल भारतमा एक्टिभा दुई भेरियन्ट एक्टिभा सिक्सजी र एक्टिभा १२५ उपलब्ध छ। होन्डाका जनरल मोडल जस्तै एक्टिभा, ग्राजिया, हर्नेट २.०, सीबी२०० एक्सलगायत छन् भने प्रिमियम माोडलमा सीबी३५०, सीबीआर६५० आर, अफ्रिका ट्वीन, गोल्ड विङलगायत छन्। 

नेपाली बजारमा पनि होन्डाका मोटरसाइकल तथा स्कुटर लोकप्रिय छन्। होन्डाको डियो स्कुटर नेपालमा धेरै बिक्री हुने दुईपांग्रेमा पर्छ। त्यस्तै होन्डा सीबी साइन मोटरसाइकल पनि रोजाइमा पर्ने गरेको छ। 

होन्डाका मोटरसाइकल नेपाली बजारमा ज्योति समूह अन्तर्गतको स्याकार ट्रेडिङले बिक्री गर्दै आएको छ। स्याकारले नेपालमा दर्जन बढी मोडलका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आएको छ। 


प्रकाशित : सोमबार, असोज १८ २०७८०९:२७
  • सम्बन्धित विषय:

  • # हाेन्डा
  • # हाेन्डा ५ कराेड
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend