सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

खुर्कोट-घुर्मी सडकखण्डमा एकतर्फी सवारी सञ्चालन

images
बुधबार, भदौ २२ २०७९
images
खुर्कोट-घुर्मी सडकखण्डमा एकतर्फी सवारी सञ्चालन
फाइल तस्बिर

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार अवरुद्ध राजमार्ग आजदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको हो।

images
images

सिन्धुली- सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ। खुर्कोट-घुर्मी सडकखण्ड अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ कुडुलेमा सुक्खा पहिरो खसेका कारण सवारी आवागमन अवरुद्ध भएको थियो।

images
images
images

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार अवरुद्ध राजमार्ग आजदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको हो। उक्त स्थानमा मंगलबार दिउँसोदेखि सुक्खा पहिरो खस्न सुरु गरेको थियो।

images
images

पहिरो पूर्णरुपमा पन्छाउन सकिने अवस्थामा नरहेको र सडकको छेउको केही भागबाट सवारी एकतर्फीरूपमा सञ्चालन गरी सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उनले जानकारी दिए। 

images
images

सो स्थलमा प्रहरी टोली परिचालन गरी डोजरले पहिरोको केही भाग पन्छाई राजमार्ग सञ्चालन गरिएको उनले जानकारी दिए। डोजरले पूरै पहिरो पन्छाउन नसक्दा दुईतर्फनै सवारी सञ्चालनगर्न कठिनाइ भएको र स्काभेटरले मात्र उक्त पहिरो पन्छाउन सक्ने भएकाले पहल सुरु गरिएको उनले बताए। 

सडकमा ठूला-ठूला ढुंगा माथिबाट खसेका कारण डोजरले पन्छाउन नसकेको हो। खुर्कोट-घुर्मी सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा सुक्खा पहिरो खसेको छ। उक्त सडक खण्डमा एक वर्ष देखि खसेको पहिरो पन्छाउने काम नहुँदा राजमार्गमा सवारीसाधन सहजै आवागमन गर्न पाएका छैनन्। 

सडकको पहिरो पन्छाउन नसक्दा सिन्धुली, उदयपुर, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायत पूर्वी पहाडी जिल्लाका यात्रुले यात्रामा कठिनाइ भोग्नुपरेको छ। रासस


प्रकाशित : बुधबार, भदौ २२ २०७९१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend