सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

असोज १ देखि दसैंका लागि टिकटको अग्रिम बुकिङ खुल्ने 

images
बुधबार, भदौ २२ २०७९
images
असोज १ देखि दसैंका लागि टिकटको अग्रिम बुकिङ खुल्ने 
फाइल तस्बिर

छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशकसँगै यातायात व्यवसायी, ट्राफिक प्रहरी, सडक विभागलायतको सहभागिता थियो। 

images
images

काठमाडौं- दसैंका लागि असोज १ देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलपछि उक्त निर्णय भएको हो।

images
images
images

छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशकसँगै यातायात व्यवसायी, ट्राफिक प्रहरी, सडक विभागलायतको सहभागिता थियो। 

images
images

असोज ११ गतेबाट दसैं सुरु हुने छ। पछिल्लो दुई वर्षयता कोभिडका कारण अग्रिम टिकट बुकिङ नियमित रुपमा खुल्न सकेको थिएन। तर यो वर्ष कोभिडको प्रभाव निस्तेजप्राय: भएकाले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। 

images
images

विभागमा बुधबार भएको छलफलअनुसार असोज १ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने र यात्रु सहायता कक्षलगायत विषयमा पुन: छलफल गरेर टुंग्याउने सहमति भएको नेपाल यातातात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए। 

अध्ययन, कामलगायत विभिन्न पेशामा रहेका व्यक्तिहरु काठमाडौंलगायत सहरी क्षेत्रबाट आफ्नो जन्म स्थानमा जाने गरेका छन्। त्यसैले दसैंमा गाउँ जाने यात्रुको ठूलो चाप हुने गरेको छ। 

उपत्यकालयागत सहरी क्षेत्रबाट २५ लाख भन्दा बढी यात्रु दसैं मनाउन गाउँ जाने हुँदा यात्रुको चाप स्वभाविक रुपमा बढ्ने गरेको छ। यात्रुको सहजताका लागि दसैं अघि अग्रिम टिकट बुकिङ हुने गरेको छ। 

नवरात्री सुरु भएपछि फुलपातिको दिनसम्मका लागि यात्रुको सबैभन्दा बढी चाप हुने गरेको छ। सोही कारण यातायात व्यवसायीले दसैंका लागि नयाँ बस समेत खरिद गर्ने गरेका छन्। अघिल्ला वर्षहरुमा बस नकिनेकाले यो वर्ष केही सय नयाँ बस थपिने अनुमान यातायात व्यवसायीहरुको छ। 

असोज १ देखि लामो दुरीका बसको टिकट बुिकङ खुल्ने छ भने मध्य तथा छोटो दुरीका गन्तव्यको टिकट बुकिङ भने केही दिनपछि खुला गरिने सहमति भएको छ। 

त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म देशभरका यात्रुबाहक बसका लागि रुटपर्मिट खुल्ला गर्ने असोज १५ देखि २२ गतेसम्म ट्रलीलगायत ठूला सवारी नारायणघाटदेखि काठमाडौंसम्म आवतजावतमा रोक लगाउने सहमति विभाग र यातायात व्यवसायी तथा सरोकारवालाबीच भएको छ। 


प्रकाशित : बुधबार, भदौ २२ २०७९०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend