सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

तरकारी खेतीले किसानको बदलियो जीवन

images
बुधबार, भदौ २२ २०७९
images
तरकारी खेतीले किसानको बदलियो जीवन

यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुँदै आएको छ।

images
images

म्याङुलुङ- तेह्रथुमको लालीगुराँस नगरपालिका-५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छिन्।  उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ। तरकारी उत्पादनबाट मात्रै यस वर्ष ५ लाख रुपैयाँ आम्दानी लिने लक्ष्य उनले लिएकी छिन्।

images
images
images

उनले मकैखेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती रोजिन्। त्यसमा पनि उनले राम्रो आम्दानी गर्न सकिने भएकाले आफ्नो बारीमा बन्दाकोबी लगाइन्। उनले यस वर्ष छ लाख आम्दानी गर्ने लक्ष्य लिएकी छिन्।

images
images

'पहिले हामी परम्परागत खेती गर्थे, मकै पाक्न पनि झण्डै सात महिना लाथ्यो, एक कमाइ नै पर्खेर बस्नुपथ्र्यो', उनले भनिन्, 'तर तरकारी खेतीबाट एक वर्षमा तीनपटकसम्म कमाइ सजिलै गर्न सकिन्छ, यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु।'

images
images

अर्का किसान पृथ्वीबहादुर भट्टराई विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएकी छन्। भट्टराईले तरकारी बिक्रीबाट मात्रै वार्षिक ५ लाख बढी आम्दानी लिँदै आएकी छिन्। उनका लागि आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ।

'गाउँ तरकारी खेतीले बाह्रैमास हरियाली हुन्छ, कुनै-कुनै वर्ष तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई', उनले भनिन्, 'बजारको समस्या छैन, अन्न बालीले हाम्रो श्रम र मेहेनत नै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौँ, तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहजमात्रै बनेको छ।'
 
बस्नेत र भट्टराईजस्तै यहाँका किसानले तरकारी खेतीबाटै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन्। यहाँका किसानले एक रोपनीदेखि २० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। समय-समयमा बन्दामा लाग्ने रोग किराको प्रकोपले किसानलाई सताउने गरेको छ।

बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्येक वर्ष किसान हैरान छन्। यस क्षेत्रमा सधैँ मल बीउको भने समस्या हुँदै आएको किसान उमेश खड्काको भनाइ छ।

सरकारले धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, तेह्रथुमको लालीगुराँस र म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकालाई तरकारीको जोन क्षेत्र भन्ने गरेको छ। समयमै मल र बीउ नपाउँदा हैरानी व्यहोर्नुपरेको खड्काको दुःखेसो छ।

यो क्षेत्रमा काउली, बन्दा, मुला, गाँजर, आलु, मोटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ। यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुँदै आएको छ।

यस क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी भारतीय बजार सिलगुढी र कोलकतासम्म पुग्ने गरेको छ। तेह्रथुमको वसन्तपुर, सुङनाम, फुलेक, हमरजुङ, आङदिम, सङ्खुवासभाको तामाफोक र धनकुटाको मूर्तिढुङ्गा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीबास, भिरगाउँ, तेलियालगायतका सडक दायाँबायाँ गाउँका किसानले उत्पादन गरेको बन्दा बारीबाट काटेको दिन नै भारतीय बजारमा पुग्ने गरेको सिंधुवा बजारस्थित कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए।  

तेह्रथुमसहित धनकुटा र संखुवासभाका ३० हजार बढी किसान व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन्। गुरुङका अनुसार बन्दाको खेतीमा लागेका किसानको सङ्ख्या पनि १५ हजार नाघेको छ।

परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानको आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ। गाउँ-गाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती पनि फस्टाएको छ भने किसानलाई बजारसम्म पुर्‍याउन पनि सहज भएको छ। रासस


प्रकाशित : बुधबार, भदौ २२ २०७९०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend