सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सुपर लघुवित्त समस्याग्रस्त घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २२ २०७९
images
सुपर लघुवित्त समस्याग्रस्त घोषणा

समस्या अझै पनि जहाँको त्यही भएकाले संस्थालाई समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको छ। 

images
images
images

दाङमा मुख्य कार्यालय भएको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको पछिल्लो वित्तीय विवरणको निरीक्षणबाट समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

images
images

गएको असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भइ संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको र प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएकाले संस्थालाई कारबाही गरिएको हो। 

images
images

बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख)(ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकोमा संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको राष्ट्र बैंकले जानकारी गराएको छ। 

समस्या अझै पनि जहाँको त्यही भएकाले संस्थालाई समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। 


प्रकाशित : बुधबार, भदौ २२ २०७९०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend