सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

images
बुधबार, भदौ २२ २०७९
images
इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए।

images
images

इटहरी- सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ। 

images
images
images

वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो। राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए।

images
images

पछिल्लो समयमा पायकपर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ। टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिए। 
 
राष्ट्रिय परिचयपत्र आफ्नै टोलबाट पाउने व्यवस्था भएपछि वडावासी उत्साहित बनेका छन्। जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीय माधव न्यौपाने बताए।

images
images

यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले लामो लाइन वस्नुपर्ने समस्या थियो। अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ। लाइन वस्नुपर्ने बाध्यता हटेको छ। रासस


प्रकाशित : बुधबार, भदौ २२ २०७९०४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend