सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

images
बुधबार, भदौ २२ २०७९
images
पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध
फाइल तस्बिर

उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन्। 

images
images

सिन्धुली- पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिन्धुलीको गोलञ्जोर गाँउपालिका-१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। 

images
images
images

आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन्। 

images
images

इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने काम गरिरहेको छ। स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताए।

images
images

'बिहानैदेखि पहिरो खसिरहेको छ, झर्ने क्रम रोकिएको छैन', गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले भने। बाटोमा सयाैँ यात्रु अलपत्र परेको उनले बताए। रासस


प्रकाशित : बुधबार, भदौ २२ २०७९०३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend