शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

स्कोडा र्‍यापिड लिमिटेड इडिसन सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
स्कोडा र्‍यापिड लिमिटेड इडिसन सार्वजनिक

१.० लिटर इन्जिन क्षमताको नयाँ र्‍यापिड अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।

काठमाडौं- चेक कार ब्रान्ड स्कोडा अटोले भारतमा र्‍यापिडको लिमिटेड इडिसन सार्वजनिक गरेको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको लिमिटेड इडिसन र्‍यापिड मिड साइज सेडान कार हो। 

१.० लिटर इन्जिन क्षमताको नयाँ र्‍यापिड अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। यो कारको भारतीय बजारमा ११ सय ९९ हजार भारु तोकिएको छ। त्यस्तै अटोमेटिक भेरियन्टको मूल्य १३ लाख ४९ हजार भारु तोकिएको छ। 

स्कोडाले भारतमा २०११ मा पहिलो पटक र्‍यापिड सार्वजनिक गरेको थियो। त्यसयता भारतमा १ लाख भन्दा बढी र्‍यापिड बिक्री भइसकेको स्कोडा अटो इन्डियाका ब्रान्ड डाइरेक्टर ज्याक हाृेलिजले बताएको इकोनोमिक टाइम्सले लेखेको छ। 

स्कोडाको र्‍यापिड नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। मिडसाइज सेडान सेगमेन्टमा स्कोडा र्‍यापिड उल्लेख्य संख्यामा बिक्री भइरहेको स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ।


प्रकाशित : सोमबार, असोज १८ २०७८०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend