सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३
बिजनेस न्युज दोस्रो वर्षमा

'गभर्मेन्ट फेलियर' र 'मार्केट फेलियर' दुवैमा हामी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछौँ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २१ २०७९
'गभर्मेन्ट फेलियर' र 'मार्केट फेलियर' दुवैमा हामी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछौँ

बिजनेस भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित बिजनेस न्युजको यो एक वर्ष हाम्रा लागि स्वर्णिम रह्यो। नेपालको आर्थिक पत्रकारितामा नयाँ आयाम थप्न सफल भयौँ भन्ने हामीलाई लाग्छ।

अनलाइन मिडियाको विश्वसनियतामा प्रश्न उठिरहेकै बेला गम्भीर र विश्वसनीय आर्थिक पत्रकारिता गर्ने प्रतिबद्धताका साथ हामी आएका थियौँ। एक वर्षको छोटो अवधिमै हामीले त्यो उद्देश्य पूर्ति गर्न धेरै हदसम्म सफल भयौँ।

निश्चय पनि हामीले आफैलाई अझै परिमार्जित गर्दै जानुछ, अझै विकसित र परिपक्व बनाउँदै लैजानु छ। नेपाली अनलाइन मिडियामा धेरै नवप्रवर्तन हुन बाँकी नै छ।

पाठकहरूले महसुस गरेको त्यो खाडल पूर्ति गर्ने प्रतिबद्धता गर्दछौँ। पाठकको रूचिअनुसारको गुणस्तरीय समाचार तथा सामग्री प्रकाशन गर्ने र त्यसमार्फत मुलुकको अर्थतन्त्र र आर्थिक क्षेत्रमा योगदान गर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौता गर्ने छैनौँ।

हामीले आगामी दिनमा पनि प्रतिस्पर्धामा आधारित आर्थिक नीति, उपभोक्ता हित र अर्थतन्त्रको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर समाचार, फिचर, विचार तथा अन्य सामग्री प्रकाशन तथा प्रशारण गर्ने छौँ। सरकारको नियमनकारी भूमिका र निजी क्षेत्रको उत्थान र प्रतिस्पर्धालाई हामीले सधैँ बढावा दिनेछौँ। तर, सरकारकाे असफलता र बजारको असफलता (गभर्मेन्ट फेलियर र मार्केट फेलियर) दुवैमा हामीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछौँ। 

आउने वर्षमा हामीले आफूलाई नेपालको आर्थिक पत्रकारितामा विकल्प होइन, मूलधारका रुपमा उभ्याउनेछौँ भन्ने पूर्ण विश्वास आदरणीय पाठकहरूलाई दिन चाहन्छौँ। हाम्रा लागि समाचारको लम्बाइ, चौडाइ र गहिराइ सबैको केन्द्रमा पाठक रहनुहुनेछ। वस्तुनिष्ठ र तथ्यपरक सूचना र समाचारका साथ दीर्घकालीन यात्रामा हामी तपाईंसँगै निरन्तर रहनेछौँ।

दोस्रो वर्ष प्रवेशको अवसरमा हामी पाठकवर्ग, विज्ञापनदाता तथा सहयोगीहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend