सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

काठमाडौं महानगरमा दुई दिनमै एकसय बढी अवैध संरचना भत्काइयो

वर्ल्ड  ट्रेड सेन्टरमा अनधिकृत रुपमा राखिएको विद्युतीय विज्ञापन पनि हटाइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २१ २०७९
images
काठमाडौं महानगरमा दुई दिनमै एकसय बढी अवैध संरचना भत्काइयो

नक्सा अनुरुप निर्माण नभएको, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्मण भएका सबै संरचना अवैध ठहर गर्दै कामपाले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने अठोट कामपाको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ। कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो। कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो।

images
images
images

सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

images
images

आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैको ५० बढी अवैध संरचना भत्काइएको थियो। कामपाले यसअघि बानेश्वरमा रहेको बानेश्वर कम्प्लेक्समा निर्माण भएका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आर बि कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमा रहेको अल्लाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएका छ। 

images
images

यही सन्दर्भमा केही दिनअघि सानो भर्‍याङमा रहेको अवैध सात टहरा पनि भत्काइएको छ। त्यसैगरी वर्ल्ड  ट्रेड सेन्टरमा अनधिकृत रुपमा राखिएको विद्युतीय विज्ञापन पनि हटाइएको छ। नक्सा अनुरुप निर्माण नभएको, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्मण भएका सबै संरचना अवैध ठहर गर्दै कामपाले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने अठोट कामपाको छ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ। ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाले जनाएको छ। कामपाले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भए अनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुशरण गर्न थालेका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend