शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

‘नाडा ईभी एक्सपो’मा टेस्लादेखि ओलासम्म, यी हुन् सहभागी कार र दुईपांग्रे ब्रान्ड

सोमबार, भदौ २० २०७९
‘नाडा ईभी एक्सपो’मा टेस्लादेखि ओलासम्म, यी हुन् सहभागी कार र दुईपांग्रे ब्रान्ड

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडाले पहिलो पटक नाडा ईभी एक्सपो २०२२ को आयोजन गर्न लागेको हो।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पहिलो पटक विद्युतीय सवारीसाधनको प्रदर्शनी गर्न लागेको छ। उक्त प्रदर्शनीमा ८ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकलले सहभागिता जनाउने भएका छन्। 

नाडाले गर्दै आएको नियमित अटो एक्सपो पेट्रोलियम कारको आयातमा लगाइएको प्रतिबन्धलाई सरकारले निरन्तरता दिएपछि स्थगित भएको छ। विद्युतीय सवारीप्रति उपभोक्ताको चासो बढ्दै गएको, सरकारले विद्युतीय सवारीलाई प्राथमिता दिने नीति लिएको र विद्युतीय सवारी ब्रान्ड नेपाल आउने क्रम उल्लेख्य रुपमा बढेकाले नाडा विद्युतीय सवारीको प्रदर्शनी गर्ने निष्कर्षमा पुगेको हो। 

नाडा असोज ६ गतेदेखि ९ गतेसम्म ‘नाडा ईभी एक्सपो २०२२’ गर्न लागेको हो। यसका लागि नाडाले स्टल बुकिङ खुलेर गोलाप्रथाबाट छनोटसमेत गरिसकेको छ। 

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडाले पहिलो पटक नाडा ईभी एक्सपो २०२२ को आयोजन गर्न लागेको हो। भदौ ६ देखि नाडाले अटो एक्सपो २०२२ गर्ने तयारी गरेको थियो। तर सरकारले कार आयातमा लगाएको प्रतिबन्धलाई भदौ १३ हुँदै पुनः असोज २८ सम्म निरन्तरता दिएको हो। 

पहिलोपटक हुन लागेको विद्युतीय सवारी प्रदर्शनीमा अमेरिकी ब्रान्ड टेस्लादेखि भारतीय स्कुटर ब्रान्ड ओलासम्मले सहभागिता जनाउँदै छन्। त्यस्तै हाल नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय कार टाटा नेक्सन ईभी, हुन्डाईलगायत कार ब्रान्ड छन्। 

८ वटा विद्युतीय कार ब्रान्डले विभिन्न मोडलका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइ प्रदर्शनीमा राखिने छन्। भारतमा आगोलागीका कारण निक्कै चर्चा र बिक्रीमा शून्यप्रायः भएका दुई ब्रान्ड ओला र प्योरका विद्युतीय स्कुटर समेत प्रदर्शनीमा राखिने भएको छ। 

ईभी एक्सपोमा कार र दुईपांग्रे बाहेक टायर ब्याट्री पार्टस तथा बैंक वित्तीय संस्थाको समेत सहभागिता रहने छ।

यी हुन् प्रदर्शनीमा राखिने कार ब्रान्ड

सिप्रदी ट्रेडिङ- टाटा नेक्सन ईभी र टिगोर ईभी

लक्ष्मी इन्टरकन्टिनेन्टल- हुन्डाई कोना ईभी र आयोनिक फाइभ

अरेटी इन्टरनेशनल- टेस्ला मोडल थ्री, मोडल एक्स, मोडल वाई

सीजी मोटर- निटा भी

सीजी मोटर- चाङगन भ्यान

अग्नी इनर्जी- ट्रियो (तीनपांग्रे)

साइमेक्स इंक- बीवाईडी

एईभी नेपाल- बीएफएसके

विद्युतीय स्कुटर तथा मोटरसाइकल ब्रान्ड

ईभी नेपाल मोटर- लेभनिङ

इको इन्फिनिटी- एनआईयू

कोजु नेपाल- यादिया

हिमालयन मोटराड- जीहो

सीजी मोटर- ओला 

डी-लाइफ स्टाइल- सुपर सोको

लक्ष्मी इमोबिलिटी- हिरो इलेक्ट्रिक 

क्यालिबर अटो- दोहान/मिकू

महावीर अटोमोबाइल्स- जोय

आई हब- सेग्वे

हिमाल ईभी मोटर- आयम 

योमा मा ई मोटर- ईभी बाइक/टेलजी

ह्वाइट लोटस मोटर- प्योर

इम्बस इन्टरनेशनल कम्पनी- लेक्ट्रो

भवानी शंकर मोटर- रेयमोटर्स  


प्रकाशित : सोमबार, भदौ २० २०७९०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend