सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सशस्त्र प्रहरीले पनि ६० वटा पिकअप किन्न गर्‍यो टेन्डर

images
सोमबार, भदौ २० २०७९
images
सशस्त्र प्रहरीले पनि ६० वटा पिकअप किन्न गर्‍यो टेन्डर

सशस्त्रको टेन्डरमा सहभागी हुन चाहने कम्पनी तथा आपूर्तिकर्ताले असोज ४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ।

images
images

काठमाडौं- सशस्त्र प्रहरीले पनि ६० वटा पिकअप किन्ने भएको छ। प्रहरीले सोमबार दुई प्रकारका गरि कुल ६० वटा पिकअप किन्न टेन्डर आह्वान गरेको हो। 

images
images
images

आइतबार नेपाल प्रहरीले १ सय ८० वटा पिकअप किन्ने सूचना प्रकाशित गरेको थियो। सशस्त्रले खरिद गर्ने पिकअप फोरह्वील ड्राइभको हुनुपर्ने र २५ वटा टाइप वान र ३५ वटा टाइप टू पिकअप खरिद गर्ने भएको छ। 

images
images

सशस्त्रको टेन्डरमा सहभागी हुन चाहने कम्पनी तथा आपूर्तिकर्ताले असोज ४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ।

images
images

दुवै प्रहरीले मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरेर ठूलो संख्यामा पिकअप किन्न लागेका हुन्। नेपाल प्रहरीले १ सय ८० वटा डलब क्याव पिकअप किन्न आइतबार टेन्डर आह्वान गरेको थियो। 

१८० वटा गाडी किन्न नेपाल प्रहरीको टेन्डर  १८० वटा गाडी किन्न नेपाल प्रहरीको टेन्डर 

नेपाल प्रहरीको टेन्डर सूचनाअनुसार गाडी आपूर्ति गर्न इच्छुक कम्पनीहरुले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन्। प्रहरीले किन्न लागेको फोरडब्लूडी डबल क्याव पिकअपमध्ये ८० वटा स्कर्टिङ र १ सय वटा पेट्रोलिङ प्रयोगजनका लागि हुने उल्लेख छ। 

स्थानीय तहको निर्वाचनमा सवारीसाधन खरिद नगरेको सरकारले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निवाचनका लागि गाडी खरिद गर्न दुवै प्रहरीलाई निश्चित बजेट दिएको हो।  

निर्वाचनका लागि ग्रामीण क्षेत्रमा धेरै यात्रा गर्नुपर्ने भएकाले पिकअप सेगमेन्टकै गाडी खरिद गर्नुपर्ने प्रहरीको भनाइ छ। अफ रोडमा गुडाउनु पर्ने र सामानसमेत बोक्नु पर्ने भएकाले निर्वाचनका लागि पिकअप गाडी किनिँदै आएको छ।

दुवै प्रहरीले खरिद गर्ने पिकअपको औगात मूल्य ५० लाख रुपैयाँभन्दा कमकै हुनेपर्ने छ। ठूलो संख्यामा सवारीसाधन चाहिएकाले अर्थबाट कम बजेट आएकाले कम मूल्यका तर आवश्यक क्षमता र विशेषतामा सम्झौता नहुने गरि स्पेसिफिकेसन बनाएर प्रहरीले टेन्डर गरिएको हो। 


प्रकाशित : सोमबार, भदौ २० २०७९०३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend