शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

श्रृजनशील लघुवित्तको आईपीओ भर्न आज अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ?

images
आइतबार, भदौ १९ २०७९
images
श्रृजनशील लघुवित्तको आईपीओ भर्न आज अन्तिम दिन, कति कित्तासम्म भर्न पाइन्छ?
images
images

काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ।

images
images
images

कम्पनीले भदौ १५ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो।

images
images

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ। यीबाहेक बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयर भने सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागिएको हो। 

images
images

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। बिक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरोसेयर वेबसाइट तथा एपमार्फतसमेत आवेदन दिन सक्नेछन्। 

हाल कम्पनीमा संस्थापकहरूबाट चुक्ता भएको पुँजी ७ करोड रहेको छ। कर्मचारी समेत सर्वसाधारणमा आईपीओ बिक्री तथा बाँडफाँट पश्चाथ कम्पनीको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार कायम हुनेछ। 

 


प्रकाशित : आइतबार, भदौ १९ २०७९०३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend