सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

'संघीय सरकारको असहयोगले प्रदेशमा उद्योगको वातावरण बन्न सकेनन्'

images
आइतबार, भदौ १९ २०७९
images
'संघीय सरकारको असहयोगले प्रदेशमा उद्योगको वातावरण बन्न सकेनन्'

मुख्यमन्त्री राउतले मधेश प्रदेशका लगानी गर्ने उद्योगपतिलाई संघीय सरकारले विभिन्न कानूनी दाउपेच लगाएर रोक्ने गरेको आरोप लगाए।

images
images

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको अवरोधको कारण प्रदेशमा उद्योग कलकारखानाको वातावरण बन्न नसकेको आरोप लगाएका छन्। 

images
images
images

जनकपुर उद्योग वाणिज्य संघको ५५ औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेश प्रदेशका लगानी गर्ने उद्योगपतिलाई संघीय सरकारले विभिन्न कानूनी दाउपेच लगाएर रोक्ने गरेको आरोप लगाए।

images
images

प्रदेश सरकारले उद्योग ऐन र त्यसलाई कार्यान्वय गर्न नियमावली बनाइसकेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘मधेश प्रदेश समतल भू-भाग हो। यहाँ उद्योग कलकारखानाको लागि उपयुक्त छ। छिमेकी मुलुक भारतसँग पनि जोडिएले उद्योगको लागि चाहिने आवश्यक कच्चा पर्दाथहरु पनि कम खर्चमा ढुवानी गर्न सकिन्छ। तर विभिन्न कानूनी अडचनको कारण लगानीकर्ताहरु लगानी गर्न सकेका छैनन्।’

images
images

उनले भने- 'प्रदेशमा २ सय वाट बिजुली उत्पादन गर्न उद्देश्यले विद्युतमा लगानी गर्न चौधरी ग्रुप लगाएका तयार भएका थिए, मुख्यमन्त्री राउतले भने,‘ तर नेपाल विद्युत प्राधिकरणले त्यसको इजात नदिने भने पछि त्यो कार्य रोकियो।’ 

‘उद्योग कालकारखाना लगाउन जमिनको आवश्य छ, तर प्रदेशका सरकारी स्वामित्वको जमिनहरु अझै संघीय सरकारका मातहत छ। त्यसको अवस्थामा प्रदेश सरकारले चाहेर पनि केहि गर्न सकिरहेका छैनन्, मुख्यमन्त्री राउतले भने। प्रदेश सरकार प्रदेशलाई उद्योगमैत्री प्रदेश बनाउने लक्ष्यका साथ उद्योग नीति ल्याएको मुख्यमन्त्री राउतले दाबि गरे। 


प्रकाशित : आइतबार, भदौ १९ २०७९०३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend