सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

४ महिनापछि टेकु स्टेसनमा रित्तिँदै फोहर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १९ २०७९
images
४ महिनापछि टेकु स्टेसनमा रित्तिँदै फोहर

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य हुन थालेको हो। 

images
images

काठमाडौं- चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेसनको फोहर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ।

images
images
images

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौं उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो।

images
images

यसरी लामो समयसम्म फोहरको अन्तिम व्यवस्थापनको काम हुन नसक्दा ट्रान्सफर स्टेसनमा मात्र होइन, काठमाडौं उपत्यकाका अन्य सडक किनारामा पनि जताततै फोहर नै फोहर थियो। उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य हुन थालेको हो। 

images
images

सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहर व्यवस्थापनको काम सकिएको छ भने आइतरबादेखि ट्रान्सफर स्टेसनमा चार महिनादेखि थुपारिएको फोहर पनि पूर्णरूपमा व्यवस्थापनको काम सकिने कामपाको प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए।

गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहरको व्यवस्थापन हुनसकेको थिएन। स्थानीयवासीको अवरोधकै बीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ। उक्त स्थानमा राखिएको फोहर व्यवस्थापनको काम सकेसँगै अब नागरिकको घरबाट निस्किएको फोहर सिधैँ बञ्चरेडाँडा लगिने लम्सालले जानकारी दिए। 

यसअघिको फोहरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा पुग्ने गरेको छ। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। पछिल्लो समय थप पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि कामपाले उपत्यकामा नै कुहिने फोहर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ। रासस


प्रकाशित : आइतबार, भदौ १९ २०७९०३:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend