शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

१९ जीवन बीमा कम्पनीको पहिलो महिनामा १५ अर्ब बीमा संकलन, नेपाल लाइफ नै पहिलाे हुँदा अन्य कुनको कति?

images
आइतबार, भदौ १९ २०७९
images
१९ जीवन बीमा कम्पनीको पहिलो महिनामा १५ अर्ब  बीमा संकलन, नेपाल लाइफ नै पहिलाे हुँदा अन्य कुनको कति?
images
images

काठमाडौं- जीवन बीमा कम्पनीहरुले साउन महिनामा १५ अर्ब ५ करोड ७५ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.३५ प्रतिशतले कमी आएको हो। गत वर्ष यो अवधीमा  १६ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। 

images
images
images

१९ बीमा कम्पनी मध्ये सबैभन्दा धेरै संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स हुँदा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ। सबैभन्दा धेरै प्रगति गर्नेमा भने नयाँ कम्पनीहरु सन नेपाल लाइफ, ज्योति लाइफ र सिटिजन लाइफ रहेका छन्।  

images
images

जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ। यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ३१.७० प्रतिशत हो। गत आर्थिक वर्षको साउनसम्ममा कम्पनीले ४ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

images
images

नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा एलआईसी नेपालले कुल बीमाशुल्क उल्लेख्य बढाएको छ। यस अवधिमा एलआईसीको बीमाशुल्क ८८.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, महालक्ष्मी लाइफ,सन नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको बीमाशुल्क ३० प्रतिशत भन्दा धेरैले बढेको छ। सबैभन्दा कम बीमा शुल्क बढाउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। सबै भन्दा धेरै बीमाशुल्क आर्जन गरेको नेपाल लाइफको बीमाशुल्क ०.२९ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँमा पुगेको हो। कम्पनीले गत आर्थिक वर्षको साउन महिनामा ४ अर्ब ७६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो।

राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क सबै भन्दा धेरै ८६.५४ प्रतिशतले घटेर ५० करोड २१ लाख रुपैयाँमा सीमित भएको छ। संस्थानले गत आर्थिक वर्षको यसै अवधिमा ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यस्तै प्रभु लाइफको पनि ३०.९८ प्रतिशत, रिलायवल नेपाल लाइफको २.६३ प्रतिशत र मेट लाइफको १.३८ प्रतिशतले बीमाशुल्क घटेको छ।


प्रकाशित : आइतबार, भदौ १९ २०७९०२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend