सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

‘सेभ सोइल’ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ १८ २०७९
images
‘सेभ सोइल’ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

सदगुरुलाई प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान।

images
images

काठमाडौं- ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरु (जग्गी वासुदेव) लाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाएका हुन्।

images
images
images

ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उनले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गरेको ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरिमा कम्तीमा पनि ३० हजार वृक्षरोपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

images
images

'तपाईंको अभियानमा मन्त्रालयसहित अन्य माध्यममार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ', मन्त्री यादवले भने, 'वृक्षरोपणको कार्य भदौ महिनाभित्रै सुरुवात गरिने छ।'

images
images

उक्त अभियानका अभियन्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको उनले बताए। माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाएको उक्त महाअभियानको जति प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाइ थियो।

सदगुरुलाई यादवले प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान गरेका थिए। मन्त्री यादवले भने, 'सदगुरुले गर्नुभएको काम, खासगरी हामी राजनीतिज्ञले गर्ने काम हो, हामीले गर्नुपर्ने काम तपाईँले गरिरहनुभएको छ, योभन्दा अरु खुसीको कुरा के होला?' रासस


प्रकाशित : शनिबार, भदौ १८ २०७९०८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend