सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

'अर्थतन्त्रको भविष्य उज्ज्वल छ तर सिन्डिकेट र लाइसेन्सराज अन्त्य हुनुपर्छ'

images
शनिबार, भदौ १८ २०७९
images
'अर्थतन्त्रको भविष्य उज्ज्वल छ तर सिन्डिकेट र लाइसेन्सराज अन्त्य हुनुपर्छ'

अर्थतन्त्रको भविष्य सुन्दर रहेको तर त्यसका लागि सुधारका धेरै काम गर्नुपर्ने।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सिन्डिकेट र एकाधिकार हटाउनुपर्ने बताएका छन्।

images
images
images

आर्थिक विकास हुँदै जाँदा एकाधिकार र सिन्डिकेट हटाउनैपर्ने उनले बताए। प्रतिस्पर्धी अर्थतन्त्र निर्माणका लागि उदारीकरणको यो काम गर्नैपर्ने उनको भनाइ छ।

images
images

नेपाल आर्थिक पत्रकार समाज(सेजन) को २४ औँ वार्षिक साधारणसभामा बोल्दै पौडेलले अहिले पनि हरेक क्षेत्रमा लाइसेन्सराज रहेको बताए। 

images
images

'यो लाइसेन्सराजले केही पनि लाभ दिँदैन। घाटामात्र छ। बैंकको लाइसेन्स किन रोक्नु? बरु निश्चित पुँजी क्याप राख्दिउँ अनि खुला राखौँ। हरेक क्षेत्रमा लाइसेन्स राजले गर्दा अर्थ न्यून प्रतिस्पर्धी हुँदै जान्छ' उनले भने।

अर्थतन्त्रको भविष्य सुन्दर रहेको तर त्यसका लागि सुधारका धेरै काम गर्नुपर्ने उनको भनाइ छ।
 
'अबको पाँच वर्षमा कायपलट त नहोला तर उन्नतिको सम्भावना धेरै देखिन्छ। सडक, ऊर्जा, स्वास्थमा राम्रै भइरहेको छ। अबको पाँच वर्षमा हामीले धेरै गर्नसक्ने ठाउँ छ। अर्थतन्त्रको दीगो विकासका लागि कृषिको विकास चाहिन्छ। यसका लागि हामीले अहिले सिँचाइ आयोजना बनाइरहेका छौँ। तर हामीले मल बीउ दिनुपर्छ' उनले भने।


प्रकाशित : शनिबार, भदौ १८ २०७९०६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend