सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

वित्तीय स्रोतको अधिक परिचालन रोक्न नयाँ मार्गदर्शन, निजी क्षेत्रले सही व्याख्या गरेन : गभर्नर अधिकारी 

images
शनिबार, भदौ १८ २०७९
images
वित्तीय स्रोतको अधिक परिचालन रोक्न नयाँ मार्गदर्शन, निजी क्षेत्रले सही व्याख्या गरेन : गभर्नर अधिकारी 

'चालू पुँजी कर्जाको नाममा ओभर फाइनान्सिङ भइरहेको थियो। यसले गर्दा कयौँ विकृति आएका थिए र छन्। यसलाई रोक्नका लागि हामीले नयाँ व्यवस्था गरेका छौँ'

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा सम्बन्धीको मार्गदर्शनका बारेमा निजी क्षेत्रले गलत व्याख्या गरेको बताएका छन्।

images
images
images

नेपाल आर्थिक पत्रकार समाज(सेजन) को २४ अ‌ौँ वार्षिक साधारणसभामा बोल्दै अधिकारीले राष्ट्र बैंकले वित्तीय बजारलाई अनुशासित बनाउन तथा स्रोत साधनको किफायति परिचालनका लागि मार्गदर्शन ल्याएको बताए। 

images
images

चालू पुँजी कर्जाको नाममा अधिक लगानी भइरहेको र यसले गर्दा वित्तीय स्रोतको केन्द्रीकरण बढेको भन्दै राष्ट्र बैंकले चालू पुँजी कर्जामा कडाइ गरेको थियो। 

images
images

'चालू पुँजी कर्जाको नाममा ओभर फाइनान्सिङ भइरहेको थियो। यसले गर्दा कयौँ विकृति आएका थिए र छन्। यसलाई रोक्नका लागि हामीले नयाँ व्यवस्था गरेका छौँ' उनले भने,' तर निजी क्षेत्रका व्यवसायीले यो कुरा भनेका छैनन्।'

अहिलेको मार्गदर्शनले ५० लाखभन्दा तल ऋण  लिनेलाई यसले छुँदैन। अर्को कुरा दुई करोडसम्मका लागि छुट्टै व्यवस्था  छ। 

यही कारणले गर्दा अर्थतन्त्रलाई गलत नभई सही बाटोमा डोर्याउनका लागि यसले काम गर्ने उनको भनाइ छ।


प्रकाशित : शनिबार, भदौ १८ २०७९०६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend