सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सरकारले गर्‍यो १५ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

images
शुक्रबार, भदौ १७ २०७९
images
सरकारले गर्‍यो १५ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले  देशभरका १५ वटा वडाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

images
images

काठमाडौं- सरकारले देशभरका १५ वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

images
images
images

सरकारले सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक रुपमा क्षति भएको भौगोलिक क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १२ को उपदफा (१) बमोजिम संवत् २०७० साल पुस मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

images
images

सरकारले उदयपुर जिल्ला, बेलका नगरपालिकाको वडा नम्बर १, २, ३ र ८ लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

images
images

यसैगरी सरकारले सुनसरी जिल्ला, बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिकाको वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend