शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटा नेक्सन ईभी जेट इडिसनमा के छ विशेष 

शुक्रबार, भदौ १७ २०७९
टाटा नेक्सन ईभी जेट इडिसनमा के छ विशेष 

टाटा मोटर्सले भारतमा नेक्सन ईभीका साथै ह्यारियर र सफारीको समेत जेट इडिसन सार्वजनिक गरेको हो।

काठमाडौं- टाटा नेक्सन ईभीको डार्क इडिसन आएको केही समयपनि कम्पनीले जेट एडिसन ल्याएको हो। टाटाले नेक्सन ईभीको जेट इडिसनको मूल्य सार्वजनि गरेको छ। नेक्सन ईभी जेटको मूल्य १७ लाख ५० हजार भारु तय भएको छ। 

नेक्सन ईभी जेटमा युनिक कस्मिक परिवर्तन गरिएको छ। यो इडिसन नेक्सन ईभी म्याक्स र नेक्सन ईभी प्राइममा समेत उपलब्ध हुनेछ। जेट इडिसनको सबैभन्दा मुख्य विशेषतामा अर्थली ब्रोन्ज कलर छ। सन रुफमा डुअल कलर टोनमा पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ। 

त्यस्तै जेट इडिसनमा १६ इन्चको डाइमन्ड-कट जेट ब्ल्याक अलोय ह्वील रहेको र ग्रिलमा पनि केही परिमार्जन भएर आएको छ। नेक्सन ईभी जेट इडिसनमा इन्टेरिरमा समेत उल्लेख्य परिमार्जन गरेर आकर्षक बनाइएको छ। 

टाटा नेक्सन ईभीले भारतीय बजारका साथै नेपालको विद्युतीय कार बजारमा पनि राम्रो प्रभाव पारेको छ। अहिले पनि नेक्सन ईभी धेरैको रोजाइमा रहेको र खरिद गर्नका लागि धेरै ग्राहकहरु पर्खिरहेका छन्। 

टाटा नेक्सन ईभीले एक पटकको फुल चार्जमा ३ सय १२ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। त्यस्तै म्याक्सले ४ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ट्यान्डर्ड र डार्क इडिसन नेपाल आएपनि नेक्सन ईभी म्याक्स नेपाल आएको छैन। जेट इडिसन नेपाल आउने नआउने बारे हालसम्म केही बताइएको छैन। 

टाटा मोटर्सले भारतमा नेक्सन ईभीका साथै ह्यारियर र सफारीको समेत जेट इडिसन सार्वजनिक गरेको हो। टाटाले केही मोाडलका कारको जेटसहित डार्क, जोल्ड तथा काजीरङगा इडिसन पनि ल्याएको थियो। 


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend