सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

दुई हप्तादेखि अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १७ २०७९
images
दुई हप्तादेखि अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा

ठूला सवारी साधन बन्द गराएर नगरपालिकाले जाली भर्ने तथा मर्मतको कार्य गरेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए। 

images
images

सिन्धुपाल्चोक- पहिराका कारण विगत दुई हप्तादेखि अवरुद्ध मेलम्ची पाँचपोखरी सडक पुनः सञ्चालन भएको छ। मेलम्ची-९ राम्चे डाँडामा सडक भासिदा सडक अवरुद्ध भएको थियो।

images
images
images

जोखिम मोलेरै सर्वसाधारण यात्रा गर्न थालेपछि दुर्घटना हुनसक्ने जनाउँदै मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको थियो। ठूला सवारी साधन बन्द गराएर नगरपालिकाले जाली भर्ने तथा मर्मतको कार्य गरेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए। 

images
images

शुक्रबार बिहानबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए।  सडक बन्द हुँदा चाडपर्व मनाउन आउजाउ गर्नेलगायतलाई समस्या भएको थियो। रासस

images
images


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend