सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

जुम्लामा केबलकारको सम्भाव्यता अध्ययन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १७ २०७९
images
जुम्लामा केबलकारको सम्भाव्यता अध्ययन

आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए।

images
images

जुम्ला- जुम्लामा केबलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबलकारको सम्भाव्यता अध्ययन गरिएको हो।

images
images
images

केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ। आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए। धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन्। ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन्। 

images
images

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायत बताउँछन्। जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ। 

images
images

काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोड रुपैयाँको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। दानसाँघुदेखि चिमारासम्म केबलकार सञ्चालन गर्न करिब चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend