सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

मुथुट फिनकर्प र आईएमईबीच सम्झौता 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १६ २०७९
images
मुथुट फिनकर्प र आईएमईबीच सम्झौता 

सम्झौतापछि भारतीय कम्पनी मुथुट फिनकर्प मार्फत् नेपालमा आईएमईमा पैसा पठाउन सक्नेछन्। 

images
images

काठमाडौं- इन्डो नेपाल करिडोरको रेमिट्यान्स प्रबर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइईमईबीच सम्झौता भएको छ ।

images
images
images

सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आईएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन्। 

images
images

बुधबार आयोजित कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो।

images
images

मुथुट फिनकर्प लिमिटेडका सीईओ साजी वर्गीसले ३६०० शाखाहरू मार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो सम्झौता सहयोगी हुने बताए। 

सम्झौतापछि भारतीय कम्पनी मुथुट फिनकर्प मार्फत् नेपालमा आईएमईमा पैसा पठाउन सक्नेछन्। 


प्रकाशित : बिहीबार , भदौ १६ २०७९१३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend