सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

महानगरको २४ घण्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो १७ लाख ३६ हजार

images
बिहीबार , भदौ १६ २०७९
images
महानगरको २४ घण्टे अल्टिमेटमपछि फन पार्कले तिर्‍यो १७ लाख ३६ हजार

फनपार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ। विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले दिएको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फन पार्कले महानगरलाई १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको छ। 

images
images
images

पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो।

images
images

फनपार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ। विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्छ।

images
images

फनपार्कले बिहीबार मनोररञ्जन करवापतको रकम तिरेको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिएका छन्। फनपार्कले व्यवसाय कर भने अझै तिरेको छैन। साथै फन पार्कले बहाल कर भने समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको छ। 

 


प्रकाशित : बिहीबार , भदौ १६ २०७९१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend