सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

images
बिहीबार , भदौ १६ २०७९
images
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ। पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए।

images
images

कुश्मा- पर्वतको मोदी गाउँपालिका-५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ। 

images
images
images

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए। वर्षा नरोकिएकाले माथिबाट ढुंगा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ। 

images
images

पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ। पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए।

images
images

यसअघि मंगलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो। पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन्। केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १६ २०७९०४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend