आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सीसी क्यामेरा हेर्दै कारबाही गर्दै ट्राफिक

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १५ २०७९
images
सीसी क्यामेरा हेर्दै कारबाही गर्दै ट्राफिक

भदौ १ देखि १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका ४ सय २० चालक छन्। ट्राफिक प्रहरीले खोजी गरी ल्याइएका ९७ चालकमध्ये ६३ जनालाई कारवाही गरिएको छ।

images
images

काठमाडौं- तपाईंले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभावीरुपमा सवारी चलाइरहनुभएको त छैन। यदि त्यस्तो छ भने अब तपाईं प्रहरीको कारवाहीबाट भाग्न सक्नुहुन्न। कुनै न कुनै दिन कारवाहीको भागिदार हुन सक्नुहुन्छ। किनकी प्रहरीले सीसी क्यामराको श्रव्यदृष्य हेरेर नियम उल्लङ्घन गर्नेलाई खोजेर कारवाही सुरु गरेको छ।

images
images
images

विगतमा उक्त अभियान चलाइएपछि केही वर्ष रोकिएकामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त कार्यलाई पुनः सुरुवात गरेको हो। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका सवारीसाधनका चालकलाई सीसी क्यामेराका आधारमा कारवाही तीव्र पारिएसँगै पछिल्लो समयमा मात्रै सीसी क्यामेराको फुटेजका आधारमा पहिचान गरी ६३ सवारी साधनका चालक कारवाहीमा परेका छन्।  

images
images

उक्त फुटेजमा कैद भएको श्रव्यदृष्यमा देखिएअनुसार लेन उल्लङ्घन गर्ने ३१ एकतर्फी सडकमा सोविपरीत सवारीसाधन चलाएका २३ र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका आठ जना चालकलाई कारवाही गरिएको हो। 

images
images

यस्तै यात्रु लिन नमानेको कसुरमा अर्का एक चालकलाई पनि कारवाही गरिएको छ। भदौ १ देखि १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका ४ सय २० चालक छन्। 

ट्राफिक प्रहरीले खोजी गरी ल्याइएका ९७ चालकमध्ये ६३ जनालाई कारवाही गरिएको छ। अन्य चालक हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा झैँ सीसीटिभी फुटेजका आधारमा खोजी गरी गर्ने कारवाहीलाई थप तीव्रता दिइएको प्रवक्ता भट्टले बताए। प्रहरीले विद्यार्थी लक्षित जाँच अभियान पनि सँगसँगै अघि बढाएको छ। उक्त अभियानका क्रममा विद्यार्थीले पनि मापसे गरेर सवारी चलाउने गरेको पाइएपछि उनीहरुसमेत कारवाहीमा परेका छन्। 

आजदेखि अवस्था ठीक नभएका सवारीसाधन चलाउने चालकविरुद्ध कारवाही 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अवस्था ठीक नभएका सवारीसाधन चलाउने चालकविरुद्ध पनि आजदेखि अभियान थालेको छ। आज मात्रै यस्ता २६ चालक कारवाहीमा परेका छन्।

काठमाडौंको कीर्तिपुरस्थित टियु गेट नजिकै तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा उनीहरुलाई कारवाही गरिएको भट्टले जानकारी दिए। ती गाडीमा हेण्ड ब्रेक निकालेका तीन, च्यासिस बाङ्गो बनाएका एक, हेडलाइट ठीक नभएको एक, अवस्था ठीक नभएको पाँच, वाइफर निकालेको र सवारी साधनको बत्ती ठीक नभएको १६ गाडीका चालकलाई कारवाही गरिएको जनाइएको छ। 

अवस्था ठीक नभएका सवारीसाधन चलाउँदा सवारी दुर्घटना बढ्नसक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले सम्भावित जोखिम कम गर्न आदेखि अभियानलाई तीव्रता दिइएको हो। आगामी दिनमा यस्ता गाडी चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने प्रहरीले चेतावनी दिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ १५ २०७९१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend