आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भिजिट भिसामार्फत मानव बेचविखन, निगरानी बढाउँदै प्रहरी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १५ २०७९
images
भिजिट भिसामार्फत मानव बेचविखन, निगरानी बढाउँदै प्रहरी
फाइल तस्बिर

नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो।

images
images

काठमाडौं- भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचविखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ।

images
images
images

यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शङ्कास्पद देखिएपछि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो।

images
images

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचविखन गर्न लागेको खुलेको प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरूको खोजीकार्य सुरु भएको उनले बताए।

images
images

नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो। पीडितलाई फ्रि-भिसा फ्रि-टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ। ती गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैँ बनाई महिला र पुरुषलाई काठमाडौंमा ल्याएर राख्ने गरेको खुल्न आएको छ। 

उनीहरूका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ। गैरकानूनीरूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारवाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताए। 

आरोपीमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ। उनीहरूको नाम भने ब्युरोले खुलाएको छैन। रासस


प्रकाशित : बुधबार, भदौ १५ २०७९१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend