आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

२०७२ सालदेखि कर नतिरेको फन पार्कलाई २४ घण्टे अल्टिमेटम, नतिरे महानगरले बन्द गरिदिने

images
बुधबार, भदौ १५ २०७९
images
२०७२ सालदेखि कर नतिरेको फन पार्कलाई २४ घण्टे अल्टिमेटम, नतिरे महानगरले बन्द गरिदिने

तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ।

images
images

काठमाडौं- काठमाडौं भृकुटिमण्डपमा रहेको 'फन पार्क'ले २०७२ सालदेखि कर नतिरेको भन्दै महानगरपालिकाले कर तिर्नका लागि २४ घण्टाको समय दिएको छ। 

images
images
images

व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा साथै विज्ञापन तथा मनोरन्जन कर महानगरपालिकाको राजस्व विभागमा गएर २४ घण्टाभित्र तिर्न निर्देशन दिइएको हो। महानगरपालिकाले तिर्न बाँकी सम्पूर्ण रकम र लाग्ने अन्य जरिवानासमेत दाखिला गर्न भनेको छ।

images
images

काठमाडौं महानगरपालिका राजस्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार फनपार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ। विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्छ। 

images
images

तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ।

समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्क पूर्वश्रमराज्यमन्त्री एवं मेनपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन्।

ktm maha.gif


प्रकाशित : बुधबार, भदौ १५ २०७९१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend