शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने तयारीले पनि देखिएन उत्साह, बजार अझै ओर्लन लागेको हो?

images
बुधबार, भदौ १५ २०७९
images
सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने तयारीले पनि देखिएन उत्साह, बजार अझै ओर्लन लागेको हो?
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमामा गरेको परिवर्तनलाई फेरि फेरबदल गर्दै १२ करोडको सीमालाई पनि हटाउने तयारी गरिरहे पनि सेयर बजारमा त्यसको प्रभाव देखिएको छैन।

images
images
images

लगातार घटिरहेको सेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। मंगलबार र सोमबार स्थिर देखिएपछि बुधबारबाट सकारात्मक हुने अनुमान लगानीकर्ताको थियो। तर बुधबार झनै बजार दोहोरो अंकले घटेको छ। 

images
images

बुधबार बजार २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब १२ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

images
images

लघुवित्त, हाइड्रो र बैंकका सेयरहरू अन्डरभ्यालु हुँदा समेत लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। यो साता आइतबार ३३.३६ अंकले घटेर बजारमा सोमबार ३.७६ अंकको वृद्धि देखिएको थियो। मंगलबार २.१९ अंकले बढेर बजार १९९५.२१ बिन्‍दुमा पुगेको थियो। 

गएको वर्ष मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर लगानीकर्ताले एक बैंकबाट ४ करोड र सम्रग प्रणालीबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिने पाउने व्यवस्था गरेकोमा यस वर्ष ४ करोडको सीमा हटाएर १२ यथावत राखेको थियो। अहिले पुन १२ करोडको सीमा पनि हटाउने गरी राष्ट्र बैंकले तयारी गरिरहेको बताउँदै आएपनि लगानीकर्ता भने उत्साहित देखिएका छैनन्। 

बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्। 

बैंक तथा वित्तीय संस्थाहरूको सुधारको आश देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अब आउने समयमा पनि सेयर बजारमा उल्लेख्य वृद्धि आउने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ। 

३१९९ को उच्च बिन्दुबाट घटेर १८४८ बिन्दुसम्म झरेको बजार गत महिना बढेर २३०० बिन्दुमा टेकेको थियो। अहिले पुनः २००० वरपर घुमेर बसेको छ। विश्लेषकहरूको बुझाइमा यो बजार अझै २००० देखि २२०० को बिन्दुमा केही महिना रहने देखिएको छ। 


प्रकाशित : बुधबार, भदौ १५ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend