आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

नवदुर्गा ट्रेडिङले पायो मतपत्रको कागज आपूर्ति गर्ने जिम्मा

images
बुधबार, भदौ १५ २०७९
images
नवदुर्गा ट्रेडिङले पायो मतपत्रको कागज आपूर्ति गर्ने जिम्मा

कम्पनीले मतपत्र आपूर्तिका लागि १६ करोड ३२ लाख ७८ हजार २ सय ७६ रुपैयाँ ५० पैसा कबोल गरेको छ। 

images
images

काठमाडौं- निर्वाचन आयोजले आगामी निर्वाचनका लागि आवश्यक मतपत्र कागज आपूर्ति गर्ने कम्पनी छनोट गरेको छ। आयोगले गरेको टेन्डरबाट नवदुर्गा ट्रेडिङ कन्सर्न छनोट भएको हो। 

images
images
images

आयोगले मंगलबार नवदुर्गालाई बोल पत्र स्वीकृत गर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्र छपाइ गर्न आयोगले कागज खरिद गर्न लागेको हो। 

images
images

मतपत्र छपाइका लागि आवश्यक पर्ने ७० जीएसएम म्याप लिथो कागज नवदुर्गाले आपूर्ति गर्नेछ। कम्पनीले मतपत्र आपूर्तिका लागि १६ करोड ३२ लाख ७८ हजार २ सय ७६ रुपैयाँ ५० पैसा कबोल गरेको छ। 

images
images

आयोगले छनोट भएको नवदुर्गालाई भदौ १६ गते ५ बजे भित्र ठेक्का सम्झौता गर्न आउने समय तोकेको छ। त्यस्तै आयोगले २० दिनभित्र कागज आपूर्ति गर्ने आधार समेत पेश गर्न भनेको छ।  

त्यस्तै गरि आयोगले स्ट्या प्याड, मसी, पर्मानेन्ट मार्क तथा मार्कर आपूर्तिका लागि मुनरक/बेजटेक जेभी र स्ट्यापलर मेसिन र स्ट्यापलर पिन आपूर्तिका लागि वर्किपिडिया इन्टरप्राइजेजलाई छनोट गरेको छ। यी दुई आपूर्र्तिकर्ताले क्रमशः १ करोड ९५ लाख ७६ हजार १ सय २० रुपैयाँ र ३२ लाख २४ हजार ४ सय ५५ रुपैयाँ रकम कबोल गरेका छन्।


प्रकाशित : बुधबार, भदौ १५ २०७९०३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend