शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बैंकहरूमा एकै दिन थपियो ८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार हुँदा ऋण प्रवाह ठप्प

images
बुधबार, भदौ १५ २०७९
images
बैंकहरूमा एकै दिन थपियो ८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार हुँदा ऋण प्रवाह ठप्प
images
images

काठमाडौं- भदौको दोस्रो साता बैंकिङ प्रणालीको निक्षेप स्थिर देखिएको निक्षेप एकैदिन ८ अर्ब थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार एकैदिन बैंकहरुमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। 

images
images
images

बैंकहरुले गत फागुनयता ब्याजदर नबढाए पनि निक्षेप भने आउन सकेको छैन। यता आयातमाथीको प्रतिबन्घ हट्न नसकेपनि खासै निक्षेप बढ्न सकेको छैन। सरकारले आयातमाथीको प्रतिबन्ध लम्ब्याएर असोज २८ सम्म पुर्याएको छ। यता सेयर धितो कर्जादेखि घरजग्गामा पनि बैंकहरु ऋण प्रवाह ठप्प पारेका छन्। तर असारयता १ खर्ब २५ अर्ब निक्षेप घटिसकेको छ। 

images
images

बैंकहरुमा ४४ खर्ब २५ अर्ब रहेको निक्षेप मंगलबार मात्रै ४४ खर्ब ३३ अर्ब पुगेको हो। ८ अर्ब निक्षेप बढ्दा ऋण प्रवाह १ अर्ब घटेके छ।  बैंकहरुको ऋणप्रवाह ४१ खर्ब ७२ अर्ब रहेको छ। सीडी रेसियो पनि ८८.२५ प्रतिशतमा झरेको छ। सोमबारसम्म ८८.३९ प्रतिशत रहेको थियो। 

images
images

साउनयता लगातार घटेको निक्षेप भदौमा पनि घटिरहेको थियो। साउनको ३१ गतेसम्म ४४ खर्ब ३३ अर्ब रहेको निक्षेप भदौ ३ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ। साउन ३१ गतेसम्म ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा भदौको ३ गतेसम्म ४१ खर्ब ७८ अर्ब रुपैयाँ ऋण प्रवाह पुगेको थियो। 

असार ३२ यता बैंकहरूमा १ खर्ब १५ अर्ब निक्षेप घटिसकेको थियो। बैंकहरूमा असार ३२ मा ४५ खर्ब  ४१ अर्ब निक्षेप रहेकोमा भदौ ३ गतेसम्म आइपुग्दा ४४ खर्ब २६ अर्बमा निक्षेप झरेको थियो। 


प्रकाशित : बुधबार, भदौ १५ २०७९०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend