शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विलासी विद्युतीय कार बजार : टेस्लाले गुमाउँदा मर्सिडिजलाई बन्दै छ अवसर 

बुधबार, भदौ १५ २०७९
विलासी विद्युतीय कार बजार : टेस्लाले गुमाउँदा मर्सिडिजलाई बन्दै छ अवसर 

नेपाली बजारमा भने टेस्लाका विद्युतीय कार आयात भएर बिक्री भएरहेको छ। तर मर्सिडिजको विद्युतीय कार भने नेपाल आएको छैन।

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्लाले भारत आउन धेरै नै जोडबल गरेको हो। भारत पनि टेस्ला आओस् भन्नेमै थियो र छ पनि। तर दुवै पक्ष आ-आफ्नो अडानमा भने टसको मस नहुँदा टेस्ला भारत नआउने र भारत नआए नआओस्को अवस्थामा पुगेका छन्।  

टेस्लाको चाहना बढ्दो धनाढ्य भारतीयहरुलाई आफ्नो कार बिक्री गर्ने रहेको छ। भारत पनि विद्युतीय कारमा फड्को मार्ने योजनामा भएकाले विद्युतीय कार उत्पादकलाई प्राथमिकतामै राखेको छ। उद्यपी तत्कालका लागि टेस्लाको भारत आउने सम्भावना टरेको छ। 

परम्परागत कार उत्पादकहरु शून्य प्रदूषण कार उत्पादनका लागि गम्भीरतापूर्वक लागि परेका छन्। विश्वभरका कार उत्पादकहरु विद्युतीय कार उत्पादनमा कुनै न कुनै रुपमा संलग्न भइसकेका छन्। विश्वभर विद्युतीय कारको उत्पादन तथा प्रयोग उल्लेख्य रुपमा बढिरहेको छ। 

संसारका सबै कार उत्पादकले विद्युतीय कारको माम्लामा टेस्लाबाट नै दबाब महसुस गरिरहेका छन्। त्यस्तो दबाब महसुस गर्नेमा मर्सिडिज बेन्ज पनि हो। विलाशी कार सेगमेन्टमा विद्युतीकरण हुँदा विगतको सवार्धिक बिक्रेताको ताज आफैंमा कायम राख्न मर्सिडिज पूर्णशिक्तका साथ लागि परेको छ। 

भारतीय विलाशी कार बजारमा मर्सिडिज अग्रणी स्थानमै रहेको छ। भारतको विलाशी कार बजारका मुख्य प्लेयरमा मर्सिडिजसहित बीएमडब्लू, ज्यागुअर, अउडी, भोल्भोलगायत छन्। यी सबै ब्रान्डले भारतमा विद्युतीय विलाशी कार सार्वजनिक गरिसकेका छन्। 

dodhaara chadani.JPG

मर्सिडिजले भारतमा गएको साता ईक्यूएस एएमजी ५३ विद्युतीय कार सार्वजनिक गरेको हो। आगामी चाडपर्वको समयमा मर्सिडिजले भारतमै बनेको ईक्यूबी विद्युतीय एसयूभी सार्वजनिक गर्ने बताएको छ। मर्सिडिजले आगामी ५ वर्षमा भारतमा बिक्री गर्ने कुल सवारीमध्ये २५ प्रतिशत विद्युतीय हुने बताएको छ।

भारतमा विद्युतीय विलाशी कारको बिक्री उल्लेख्य रुपमा वृद्धि हुने अपेक्षा कार उत्पादकहरुले गरेका छन्। 

भारतीय बजारमा विद्युतीय विलाशी कारलाई उच्च प्राथमिकता दिने नीतिमा रहेको मर्सिडिज बेन्जलाई टेस्लाको सामना गर्नुपर्ने छैन। भारतमा टेस्ला आएको थियो भने मर्सिडिजले ठूलै दबाब खेप्नु पर्ने थियो। तत्कालका लागि मात्र होइन आगामी ४/५ वर्षसम्म यो अवस्था आउने छैन। 

भारत सरकार पूर्णरुपमा स्थानीय उत्पादन गरेर कार बिक्री गर भन्ने र एलोन मस्क, टेस्लाका सीईओ पहिले कार आयात गरेर बिक्री गरि बजार अध्ययन गर्ने र त्यसपछि उत्पादनमा जाने बताउँदै आएका छन्। त्यसका लागि तयारी कारको आयातमा लाग्ने कर घटाउनु पर्ने माग मस्कको छ। मस्क चीनको सांघाईमा बनेका टेस्ला कार भारतमा बिक्री गर्न चाहेका छन् भने भारत चीनमा बनेको कार ल्याउन दिने पक्षमा छँदैछैन। 

विद्युतीय कारको माम्लामा वर्तमान समयमा टेस्लाले आउँदिन भनेको ठाउँमा परम्परागत कार उत्पादकका विद्युतीय कारलाई धेरै सहज हुने देखिन्छ। भारतीय विलाशी विद्युतीय कार बजारमा त्यो फाइदा मर्सिडिज, बीएमडब्लू, भोल्भो, अउडीलगायतलाई हुनेछ। 

मध्यम रेन्जका विद्युतीय कार बजारमा भने टाटा मोटर्सले आफ्नो उपस्थित निक्कै बलियो बनाइ सकेको छ। टेस्ला भारत आउँदा टाटालगायत कम्पनीका लागि समेत अप्ठेरो पर्न सक्थो। तर मर्सिडिज आउँदा भने ‘अउडी क्याम्प’का कारलाई मात्र प्रतिस्पर्धा बढ्ने छ।    

नेपाली बजारमा भने टेस्लाका विद्युतीय कार आयात भएर बिक्री भएरहेको छ। तर मर्सिडिजको विद्युतीय कार भने नेपाल आएको छैन। नेपालमा मर्सिडिजको आधिकारिक बिक्रेताले आफूखुसी लगानीकर्ता परिवर्तन गर्दा ब्रान्ड नै दुई वर्षका लागि ‘वेटिङ लिस्ट’मा रहेको छ। त्यसैले तल्काल मर्सिडिजका विद्युतीय कार नेपाल आउन सम्भव छैन। 


प्रकाशित : बुधबार, भदौ १५ २०७९०३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend