शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

किन उही बिन्दु वरपर घुमिरहेको छ सेयर बजार? अबको बाटो कता?

images
मंगलबार, भदौ १४ २०७९
images
किन उही बिन्दु वरपर घुमिरहेको छ सेयर बजार? अबको बाटो कता?
images
images

काठमाडौं- लगातार उही बिन्दु वरपर घुमिरहेको सेयर बजारमा मंगलबारको अवस्था पनि स्थिर देखिएको छ। लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन।

images
images
images

यो साता आइतबार ३३.३६ अंकले घटेर बजारमा सोमबार ३.७६ अंकको वृद्धि देखिएको थियो। मंगलबार २.१९ अंकले बढेर बजार १९९५.२१ बिन्‍दुमा पुगेको छ। ७४ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७ कम्पनीको फेरबदल भएको छैन। 

images
images

केही दिनको उछाल र केही दिनको गिरावटबीच उतारचढाव भइरहेको बजार अहिले भने तलतिर लागेको छ। बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्। 

images
images

चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। 

सेयर कर्जाको सीमामा फेरि परिवर्तन गर्ने राष्ट्र बैंकको तयारी, हट्ला १२ करोडको सीमा पनि? सेयर कर्जाको सीमामा फेरि परिवर्तन गर्ने राष्ट्र बैंकको तयारी, हट्ला १२ करोडको सीमा पनि?

लघुवित्त, हाइड्रो र बैंकका सेयरहरू अन्डरभ्यालु भएका छन्। छोटो लगानीगर्नेहरूले घटेको दिन किन्ने र बढेको दिन पुनः बिक्री गर्ने गरेका छन्। तर दीर्घकालीन लगानीकर्ताहरूले धेरै सेयर सस्तोमा किनेर बिक्री गर्दै आएका छन्। 

३१९९ को उच्च बिन्दुबाट घटेर १८४८ बिन्दुसम्म झरेको बजार गत महिना बढेर २३०० बिन्दुमा टेकेको थियो। अहिले पुनः २००० वरपर घुमेर बसेको छ। विश्लेषकहरूको बुझाइमा यो बजार अझै २००० देखि २२०० को बिन्दुमा केही महिना रहने देखिएको छ। अहिलेको सेयर बजारमा पुरानो लगानी उठाउन नसके पनि छोटो समयको ट्रेडिङ गर्नेहरूका लागि भने अवसर भएको छ। सस्तोमा किनेर लामो समय राख्नेहरूलाई पनि मौका आएको विश्लेषकहरू बताउँछन्।

बैंक तथा वित्तीय संस्थाहरूको सुधारको आश देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अब आउने समयमा पनि सेयर बजारमा उल्लेख्य वृद्धि आउने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। अहिले बजारमा लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा रहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, भदौ १४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend