आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सेयर बजारको उन्नतिका लागि प्रविधिको उपयोग बढाउनुपर्छ : बोर्ड अध्यक्ष हमाल 

images
सोमबार, भदौ १३ २०७९
images
सेयर बजारको उन्नतिका लागि प्रविधिको उपयोग बढाउनुपर्छ : बोर्ड अध्यक्ष हमाल 

बोर्डले बजारमा अहिलेको तरलता समस्या समाधानका लागि पुँजीका नयाँ स्रोत भेन्चर क्यापिटल कम्पनीहरुलाई अनुमति दिइएको हमालले बताए। 

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्रविधि र विश्वासले नै पुँजी बजार विस्तार हुने बताएका छन्। 

images
images
images

नेपाल आर्थिक पत्रकारले आयोजना गरेको कार्यक्रममा बोल्दै हमालले आफूलाई पनि प्रविधिमै विश्वास रहेको र सोही अनुसार काम गर्न खोजिएको बताए। 

images
images

सेयर बजारको पहुँच विस्तारका लागि पहिला विश्वास बढाउनुपर्ने उनको भनाइ छ। यसका लागि नीतिगत सुधारको समेत आवश्यकता रहेको उनको भनाइ छ।  

images
images

बजारमा रियल सेक्टरलाई ल्याउनका लागि आफूले आएदेखि नै काम गरिरहेको र बुक बिल्डिङलाई प्राथमिकतामा राखिएको उनले बताए। 

धितोपत्र बोर्ड नियामक भए पनि स्वायत्त नहुँदा सुधारका कामले गति लिन नसकेको उनको भनाइ छ। एकातिर बोर्ड स्वायत्त नहुने अर्कोतिर नेपाल स्टक एक्सचेञ्ज सरकारी स्वामित्वमा भएकाले बजार सुधारले गति लिन नसकेको उनको भनाइ छ। 

'तर पनि हामी पुँजी बजारको उन्नतिका लागि बोर्डको स्वायत्तताका लागि सरकारसँग काम गरिरहेका छौं' उनले भने। 

बोर्डले बजारमा अहिलेको तरलता समस्या समाधानका लागि पुँजीका नयाँ स्रोत भेन्चर क्यापिटल कम्पनीहरुलाई अनुमति दिइएको हमालले बताए। 

बैंक बाहेक पनि लगानीका लागि आधुनिक स्रोतका रुपमा रहेका यस्ता कम्पनी अबको तीन महिनामा दुई दर्जन पुग्ने उनको भनाइ छ।

बजारलाई प्रतिस्पर्धी बनाउनका लागि विभिन्न मोडल भएपनि खुला बजारमा प्रणालीमा सेवाप्रदायकलाई पनि प्रतिस्पर्धी बनाउनुपर्नेमा बोर्डको जोड छ।


प्रकाशित : सोमबार, भदौ १३ २०७९१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend