शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

निक्षेप स्थिर हुँदा ऋण प्रवाह २ अर्बले बढ्यो

images
सोमबार, भदौ १३ २०७९
images
निक्षेप स्थिर हुँदा ऋण प्रवाह २ अर्बले बढ्यो
images
images

काठमाडौं- भदौको पछिल्लो साता बैंकिङ प्रणालीको निक्षेप स्थिर देखिएको छ। भदौ महिनाको ३ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब २६ अर्ब रहेकोमा भदौ १० गतेसम्ममा पनि सोहि निक्षेप कायम रहेको बैंकर्स संघले जनाएको छ। तर ऋण प्रवाह भने २ अर्ब रुपैयाँ बढेको छ।  

images
images
images

संघका अनुसार भदौ ३ गते बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७८ अर्ब रहेकोमा भदौ १० गतेसम्ममा बैंकहरूको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ८० अर्ब पुगेको छ। यस अवधिमा बैंकहरूको सिडी रेसियो ८८.४२ प्रतिशत रहेको संघले जनाएको छ। 

images
images

चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप १ खर्ब १५ अर्बले घटेको छ। असार ३२ गते बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा भदौ १० गतेसम्मको अवधिमा बैंकहरूको निक्षेप घटेर ४४ खर्ब २६ अर्ब पुगेको हो।

images
images


प्रकाशित : सोमबार, भदौ १३ २०७९१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend