शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

आकर्षक लाभांशको तयारीमा हुँदासमेत दोस्रो बजारमा बढ्न सकेन नबिल बैंकको सेयर मूल्य, किन डराए लगानीकर्ता?

images
सोमबार, भदौ १३ २०७९
images
आकर्षक लाभांशको तयारीमा हुँदासमेत दोस्रो बजारमा बढ्न सकेन नबिल बैंकको सेयर मूल्य, किन डराए लगानीकर्ता?
images
images

काठमाडौं- दोस्रो बजारमा आकर्षक नबिल बैंक सधैँभरी चर्चामा रहने गर्छ। कम्पनीले सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरण पनि उत्साहजनक रहेको छ। नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेको छ। 

images
images
images

२७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश दिने बैंकको सूचीमा नबिल हुँदा पनि सेयर मूल्य भने बढ्न सकेको छैन। सेयर बजार घटेर कम मूल्यमा आएकोले नबिल बैंकको सेयर मूल्य पनि बढ्न सकेको छैन।

images
images

सोमबार पनि प्रतिकित्ता ३.५० रुपैयाँ घटेर प्रतिकित्ता ७९० रुपैयाँमा कारोबार भएको छ। बैंकको सेयर मूल्य बढेर १७४० रुपैयाँसम्म पुगेको थियो। तर अहिले प्रतिकित्ता ९५० रुपैयाँले घटिसकेको छ। समग्र सेयर बजार घटेकोले पनि नबिल बैंकको सेयर बढ्न नसकेको अनुमान विश्लेषकहरूको रहेको छ। समग्र बजार बढ्दा लाभांशले समेत थेग्न नसक्ने हो कि भन्ने त्रासमा लगानीकर्ताहरू रहेका छन्। 

images
images
nabil.PNG

बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो।

बैंकले खुद नाफा र वितरण गर्न मिल्ने सञ्चिति ९ अर्ब १२ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड भए पछि एक्विजिसनपछि वितरण गर्न मिल्ने सञ्चिति बढेको हो। त्यस्तो सञ्चिति ५ अर्ब ७५ करोड छ। 

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.८० रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

शुल्क वापतको आम्दानी १ अर्ब ८६ करोड रहेको छ। बैंकको वर्षको भरीको जम्मा अपरेटिङ आम्दानी १२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष उक्त शीर्षकको आम्दानी ११ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। साथै बैंकको सञ्चालन मुनाफा ७ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब ४१ करोड थियो।

बैंकको खराब कर्जा १.५४ प्रतिशतमा रहेको छ। गत वर्ष पनि उक्त कर्जाको अनुपात सोही नै रहेको थियो। निक्षेप ३ खर्ब २६ अर्ब रहेको छ, जुन गत वर्ष २ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। 


प्रकाशित : सोमबार, भदौ १३ २०७९०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend